काठमाडौँ, १६ साउन । नेकपा९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा आज धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै उहाँले पार्टीलाई पहिलो पार्टी बनाउन निवाृचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो ‘ भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन ्। तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’
अध्यक्ष प्रचण्डले अगाडि जोड दिनुभयो ‘ हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो। नश्लवादी राष्ट्रवादले अन्ततः जाती जातीलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’
माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्नुहुँदै उहाँले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्। उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’
हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराईमधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उहाँले एमाले र मधेशी दलले लिएजस्तो जाती जाती भिडाउने नारा नभएको बताउनुभयो ।
मधेशी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै उहाँले मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो।’
माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उहाँले कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो। विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको स्पष्ट पार्नुभयो ।
संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौ। हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहने उहाँको कथन थियो । लोडसेडिङको अन्त्य, २५ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुग्नु, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति जस्ता महत्वपूर्ण काम इतिहासले कहिल्यै भूल्न नसक्ने उपलब्धि रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो ‘ हामीले बासमति चामल फलायौ। तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौ। तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं। कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ।’
उहाँले एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु बलिया भए भने परिवर्तन उल्टाउँने चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले जोड दिदै भन्नुभयो ‘माओवादी फुट्दा जनता रोएका छन्। जनताको त्यत्रो अपेक्षा थियो। तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ’ । उहाँले थप जोड दिनुभयो ‘ प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्यो भनेर हल्ला गर्दैछन्। पार्टी बिघटन कल्पना नगर्दा पनि हुन्छ। तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने बिघटन गर्नुको बिकल्प छैन।’
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पार्नुभयो ।