दीपबहादुर घर्ती
जाजरकोट, २९ जेठ ।
आर्थिक वर्ष समाप्तीको अझै एक महिना बाँकी रहदा जिल्लामा झण्डै ६५ प्रतिशत पुँजीगत वजेट खर्च भईसकेको छ । गत वर्षको तुलनामा यसवर्षको खर्च प्रगति निकै राम्रो गतिमा देखिएको हो । विभिन्न सरकारी कार्यालय मार्फत खर्च हुने जिल्लाको कुल पुँजीगत वजेट विहिवारसम्मको रेकर्डमा ५८ करोड ८८ लाख ३९ हजार ५ सय रुपैया भएको कोष नियन्त्रक याम बहादुर वुढाले जानकारी दिनुभयो ।
विभिन्न कार्यालय मार्फत विहिवार सम्म ३८ करोड २१ लाख ७ हजार तीन सय ३७ रुपैया ६१ पैसा खर्च भई निकासा भएको कोष नियन्त्रक वुढाले वताउनुभयो । रुकुमको चौरजहारी स्थित सडक डिसभजन कार्यालय मार्फत खर्च हुने २३ करोड ११ लाख ८३ हजार पुँजीगत वजेट जिल्लाको मात्र नभएर डोल्पा र रुकुम जिल्लाको पनि भएको वुढाको भनाई छ ।
विहिवार सम्म भएको निकासाका आधारमा ६४ दशमलव ८९ प्रतिशत पुँजीगत वजेट खर्च भएको कोष लेखा नियन्त्रक कार्यालय जाजरकोटले जनाएको छ । गत वर्षको तुलनामा यस वर्षको खर्च प्रतिशत निकै राम्रो रहेको कोलेनिकाले वताएको छ । फिल्डमा काम भएर प्राविधीक मुल्याङकणवाट विलहरु वनी रहेका खर्च निकासा आर्थिक वर्षको अन्तिम महिनामा निकै ठुलो अंकमा हुने कोष नियन्त्रकको भनाई छ ।
स्थानिय निकायद्धारा खर्च हुने पुँजीगत वजेट एकल खाता कोष प्रणाली भित्र नभएको हुदा निकासा भएको वजेट पनि खर्च नभएर फिर्ता हुन सक्ने अवस्था छ । कतिपय कार्यालयलाई मन्त्रालय तथा विभागले अख्तियारी दिई सकेको तर निकासा नमागेको र कतिपय कार्यालयमा अझै थप अख्तियारी आउने भएको हुदा पनि जिल्लाको पुँजीगत वजेट आर्थिक वर्षको अन्तिममा मात्र थाहा हुने वुढाले वताउनुभयो ।
त्यसैगरी जिल्लाको यस वर्षको चालु वजेट २ अर्ब ३९ लाख ७३ हजार ८ सय ४७ रुपैया ८ पैसा रहेको छ । चालु वजेट भित्र नियमित तथा कर्मचारी तलव भत्ता वजेट र अर्थ वजेट पर्ने जनाईएको छ । अर्थ वजेट भित्र सेवा निव्रित कर्मचारी सुविधा हुने गरेको छ ।।