काठमाडौं, ८ साउन । डा.बाबुराम भटटराई नेतृत्वको नयाँ सक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण हुने चर्चा चलेको लामै समय भयो । तर त्यसको टुङगो आजमात्रै लाग्ने बताइएको छ । दुई पार्टी एकताको वार्ता आज आइतवार साँझसम्म टुङगोमा पुग्ने नेताहरुले बताएका छन् ।
‘हामी केही महिनायता निरन्तर दुवै पार्टीमा केन्द्रीय तहमै छलफलमा छौँ,’ नयाँ शक्तिका नेता गंगा श्रेष्ठले भने, ‘शीर्ष नेतृत्वबीच पनि पटकपटक कुराकानी भइसकेको छ । आज (आइतबार) साँझसम्म तत्काल एकता हुने वा नहुने टुङ्गो लाग्छ ।’ आज बेलुकासम्म टुंगिन्छ किनभने भोलि हाम्रो केन्द्रीय समितिको बैठक डाकिएको छ । बैठकअघि नै हामीले यो विषयलाई टुङ्ग्याउन चोहेको श्रेष्ठले बताए ।
नयाँ शक्ति र फोरमले दुई पार्टीबीचको एकताका लागि दुवै पार्टीबाट वार्ता समिति बनाएको छ । सङ्घीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका तर्फबाट देवेन्द्रको पौडेल वार्ता समितिको संयोजक रहेका छन् ।