इन्द्रेणी संवाददाता
दाङ, ८ साउन । दाङमा मादकपदार्थ सेवन गरेर सवारी चलाउन चालकलाई कारवाही गर्दा सवा ६ लाख राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षमा ६ सय २४ जना चालकलाई कारवाही गर्दा ६ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

ma-pa-seयसरी कारवाही पर्नेहरुमा ट्रक चालक १४, जिपकार चालक २२, मोटरसाइकल चालक ५ सय ५२, ट्रेक्टर चालक २१ र टेम्पो चालक १३ जना रहेका छन् । एक वर्षको अवधिमा मापसे गरेर मोटरसाइकल चलाएका ५५२ जना चालकलाई मात्रै कारवाही गर्दा ५ लाख २४ हजार राजस्व संकलन भएको थियो । दैनिक नियमित ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मापसे चेकजाँच गर्दै आएको छ ।