गोविन्द खड्का
घोराही, ८ साउन । घोराही १४ का टोलविकास संस्थाका अगुवालाई फोहर बाहिर नखन्याउने सपथ खुवाईएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले शनिवार चारबुदे सपथग्रहरण गराए ।
सफा टोल, सफा बस्ति, सफा वडा सफा शहर हेर्ने हामि सबै नगरवासिको रहर, हाम्रो घर आगन, बाटो परिवार मिलि सफा गछौ । गाडि आउनु अघि फोहर बाटोमा खन्याउने छैनौ । सरसफाइ कर्मिको हातमा फोहर दिने छौ । कही कतै फोहर गर्दैनौ, गर्न पनि दिदैनौ सभ्य नागरीकको परिचय दिन्छौ लगाएतका बुदाहरु समेटिएको शपथ प्रमुख अतिथि चौधरीले हलभरीका सहभागिलाई खुवाए ।
घर अगाडि थुपारेको फोहर उठाउनु पर्छ भन्ने केहिले माग गरेका थिए । कतिले प्लाष्टिकमा जम्मा गरेको फोहर आफै लैजानुपर्छ भन्ने धारणा राखे । फोहर उठाएर गाडिमा खन्याएको आक्रोस पनि थियो । यस अघि सडक बढार्ने सरसफाइ कर्मचारी यति बेला गाडि बाट ओर्लिन नमानेको गुणासो गरे । बालवालिका बृद्धा हुदा फोहर उठान नसक्ने र गाडि कुर्ने समय नरहेको बताए ।
नमुना शहर बनाउन तपाईको पनि जिम्मेवारी छ भन्दै उपप्रमुख सिता न्यौपानले स्पष्ट पारे । कार्यकक्रमका विशिष्ट अतिथि न्यौपानले फोहर पिचरोडमा थुपारेर स्वच्छ सफा शहर बनाउन नसकिने बताए । गाडि नपुग्दै फोहर लगेर नफालिदिनु होला न्यौपानले भन्नुभयो, ‘पहिल्यै खत्याएको फोहरले तपाईको घर आगनमा दुर्गन्ध फैलिन्छ । ईज्जत र शोभा हराउछ ।’ आफुहर नगरवासिको भावना अनुसार अघि बढ्ने भन्दै स्वच्छताको लागि पहल गर्न आग्रह गरे ।
जतिबेला जुन ठाउँमा उठाउनै नसकिने फोहर जम्मा हुन्छ त्यहा गाडि पठाउन तयार रहेको कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाको भनाई थियो । कार्यक्रमका अतिथि सापकोटाले बहाना गरेर फोहर थुपारे कानुन अनुसार दण्ड जरीवाना गर्न वाद्य हुने स्पष्ट पारे । अटेर गरेर वातावरण विगार्नेलाई नागरीकत सिफारीस लगाए अन्य सेवा सुविधा रोक्न सकिने चेतावनी दिए ।
कार्यक्रममा नागरीक समाज सचिवका चन्द्रराज पन्त लगाएतले संस्थागत रुपमा शहर सफा गर्ने प्रतिबद्धता जनाए । आफ्नै घर बाट शुरु गरेर कार्यालय संघ संस्था हुदै सिंगै बजार सफा बनान सकिने भर्ना राखे । जेष्ठ नागरीक पुर्ण पुनले बजारमा भुस्याकुकुर नपाल्न आग्रह गरे । छाडा गाई गोरु र वाख्रा नियन्त्रण गरेमात्रै फुल र हरीयालीको शहर हुने भनाई थियो । यम प्रसाद खरेललगाएतले बधशाला व्यवस्थित नभएको गुणासो गरेका थिए । हाड, छाला आन्द्रा कुकुरले डुलाउन नछोडे आफुहरु पनि चुप लागेर नबस्ने चेतावनी थियो ।
टोलका अगुवाहरु निर्मला विक, लक्ष्मी सिंह ठकुरी, राजेन्द्र प्रसाद श्रेष्ठ, युवराज शर्मा, विष्णुरीजाल, माधव खनाल एकराज खनाल, सितलाल पुन लगाएतले टोलविकास संस्थाको तर्फ बाट फोहर बाहिर नखन्याउने प्रतिबद्धता जनाएका थिए । सिष्टम बनाई व्यवस्थित गर्न सुझाव दिए ।
कार्यक्रमको शुरुवातमा घर बाट निश्कने फोहरको टिपोट गर्न लगाईएको थियो । उनिहरुले मेटाकार्डमा टिपेका फोहरका नामलाई बर्गिकरण गर्न सकिन्छ कि सकिदैन भनि सोधिएको थियो । उनिहरुले १६ प्रकारका फोहर उत्पादन गरीने बताए पनि गल्ने नगल्ने र तिखा धारीला व्यक्तिउन सकिने बताए । त्यस बाट केहि बेच्न सकिने, केहि गलाउन र जलाउने मिल्ने, कतिलार्य पुन प्रयोग हुने र प्लाष्टिक जन्य फोहर मात्रै सरसफाइ गाडिमा दिदा दिनदिनै फोहर फाल्नु नपर्ने बताए । फोहरको मात्रा घटेपछि तेरौटेको ल्याण्डफिल साईटको आयु बढ्ने धारणा थियो । कार्यक्रम शुरु हुनु अघि सहभागिलाई डम्पिङ साईटको अनुगमन गराईएको थियो ।
घोराही १४ का वडा अध्यक्ष शक्तिराम डागिको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले अहिले सम्मको अबस्था जानकारी गराउनुभएको थियो । कार्यक्रमा उठेका विषयको टिपोट स्मृति भण्डारीले गर्नुभएको थियो । कार्यक्रमलाई अन्तरकृयात्मक रुपमा लैजान ईन्जिनियर रामधन श्रेष्ठले सहजीकरण गर्नभएको थियो । कार्यक्रमामा घोराही १५ का अध्यक्ष रमेश पाण्डेय, १६ का अध्यक्ष लछिन प्रसाद बुढा, १४ का सदस्यहरु लछुमन बुढा, गुलाम रसुल, नैना कुमारी चौधरी, लछुमन बुढा फुलमती नेपाली र १५ का सदस्य एवं घोराही टाउन प्लान विकास संस्थाका अध्यक्ष दिलीप कुमार डिसी लगाएतको उपस्थिति थियो । कार्यक्रम सन्चालन एलजीसिडीपीका विपना बतौलाले गरेका थिए ।