काठमाडौं । मेयरमा निर्वाचित भएपछि पहिलो योजनामानै जनप्रतिनिधिलाई मोबाइल बाड्ने निर्णय गरेका काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले सामाजिक संजालमा चौतर्फि आलोचना सुन्न पर्यौ ।
जनस्तरबाट व्यापक विरोध भएपछि शाक्यले मोबाइल बाढ्ने योजना फिर्ता लिएको जनाएका थिए । तर, उनको बोली उक्त समयमा काठमाडौं बासीलाई झूट बोलेको प्रमाण भेटिएको खबरडबलीमा समाचार छ ।
समाचार अनुसार सञ्चार माध्यममा मोबाइल बाँड्ने योजना फिर्ता लिएको भनिएपनि आखिर मोबाइल बांडेरै छाडे । मिति २०७४ असार ७ गते महानगरले मोबाइल किन्न रकम निकासा भएको पत्राचार गरेको छ । उक्त पत्र सामािजक सञ्जालमा समेत भाइरल बनेको छ ।
पत्राचारअनुसार शिर्षक नम्बर १४०१०० मा मोबाइल सेट खरिद गर्न ३०,००० बजेट प्रस्तुत गरिएको छ । मेयर शाक्यको प्रस्तावमा मोबाइल खरिद गर्ने निर्णय ६ गते बोर्डले गरेको थियो ।
काठमाडौं महानगरपालिकाले निकासा पठाएको पत्र