इन्द्रेणी संवाददाता
तुलसीपुर ३ साउन । दाङको शान्तिनगरमा जीप र मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ । दाङको पश्चिमवाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं. को जीप र तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको बा ३६ प १८६० नं मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाकी ८ वर्षिय वालिका प्रभा विक को घटनास्थलमै मृत्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

123

मोटरसाईकल चालक प्रभाका बुवा लिला बिकलाई भने सामान्य चोट पटक लागेको ईलाका प्रहरी कार्यालयका हवलदार राजेन्द्र गिरीले बताए । ठक्कर दिने जिपलाई प्रहरीले नियणत्रणमा लिएको छ भने बालिकाको शब् लाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पोष्टमाटम पछि परिवारलाई बुझाइएको हवलदार गिरीले बताए ।