दिपक बोहरा

तुलसीपुर २ साउन । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका सामदायीक बिद्यालयमा प्रयोगशाला व्यबस्थापन खर्च वापत ६० लाख बढि अनुदान आएको छ । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका ५ बिद्यालयमा ६० लाख ६० हजार बजेट बिनियोजन भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

आर्थिक बर्ष २०७३/०७४ मा ९ –१० प्राबिधिक शिक्षा सञ्चालन भएका बिद्यालयलाई उक्त रकम प्रदान गरिएको हो । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका सामदायीक बिद्यालयमा प्रयोगशाला व्यबस्थापन खर्च वापत ६० लाख बढि रकम आएको हो । प्राबिधिक शिक्षा सञ्चालन भएका दाङका ५ बिद्यालयमा ६० लाख ६० हजार बजेट बिनियोजन भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । बालि बिज्ञान र कम्प्युटर ईञ्जिनियरिङ्गलाई १०/१० लाख र ईलेक्ट्रिक ईञ्जिनियरिङ्गलाई १० लाख ६० हजारका दरले रकम आएको जिल्ला शिक्षा कार्यालय दाङका शाखा अधिकृत देबमनी चौधरीले जानकारी दिए ।

दाङको सर्वोदय माबि, गोरक्षरत्ननाथ माबि, बिपी माबि, जनकल्यान माबि सिमसुन्दरपुरमा बालिबिज्ञान पढाई हुदै आएको छ । यी बिद्यालयलाई १० लाखका दरले अनुदान रकम वितरण गरिएको अधिकृत चौधरीले बताए । त्यस्तै कम्प्युटर ईञ्जिनियर पढाई भईरहेको पदमोदय पब्लिक नमुना माबि घोराहीमा पनि १० लाख अनुदान आएको छ भने ईलेक्ट्रिक ईञ्जिनियरिङ्ग पढाई भईरहेको माबि सेन्टर तुलसीपुरमा १० लाख ६० हजार अनुदान आएको शाखा अधिकृत चौधरीले बताए ।

साथै बिद्यालयमा रकम निकासा भईसकेपछि सम्बन्धित जिल्ला शिक्षा कार्यालयको कार्यक्रमसंग सम्बन्धित फोकल पर्सन तथा जिल्ला शिक्षा अधिकरीले कार्यक्रम कार्यान्वयनको अबस्थाको बारेमा अनुगमण गर्ने छन् । अनुगमणको प्रतिबेदन शिक्षा कार्यालयले बिभागमा पठाउने छ । दाङका ६ बिद्यालयमा गत बर्ष देखी प्राबिधिक शिक्षा शुरु भएको हो । सीप मुलक र व्यबहारीक शिक्षाको माग भएपछि सर्बसुलभ शुल्कमा सामुदायीक बिद्यालयमा पनि प्राबिधिक शिक्षा दिन लागिएको हो ।