pkk|wfg tyf k//fi6«dGqL s[i0faxfb'/ dx/f;Fu pxfFsf] sfo{sIf l;+xb/af/df lzi6frf/ e]6 ug'{x'Fb} hfkfgsf ;+;bLo pkljb]zdGqL lsof]zL cf]8fjf/f . tl:a/ M /Tg >]i7, /f;;

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जापानका संसदीय उपविदेशमन्त्री कियोशी ओडावारा (Parliamentary Vice-Minister for Foreign Affairs Kiyoshi Odawara)ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले भन्नुभयो, “जापान हाम्रो असल, भरपर्दो र विश्वाशिलो मित्र राष्ट्र हो ।”

नयाँ संविधानको कार्यान्वयनको शिलशीलामा स्थानीय तहको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको उल्लेख गर्दै उहाँले आगामी तेस्रो चरण स्थानीय तहको निर्वाचन तथा अन्य निर्वाचन पनि शान्तिपूर्ण तवरले सम्पन्न हुने बताउनुभयो ।

जापानले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नौविसेदेखि नाकढुङ्गासम्म जापानको सहयोगमा बन्न लागेको टनेल र पोखरामा खानेपानी परियोजना पु¥याएको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले भूकम्पपछिको पुनः निर्माण तथा जापानले सार्क विकास कोषमा सहयोग गरेको प्रति आभार व्यक्त गर्नुभयो ।

जावाफमा मन्त्री ओडावाराले नेपालमा लगानी गर्न चाहने जापानीका लागि अन्तर्राष्ट्रियस्तरको लगानीको वातावरण सिर्जन ागर्न आग्रह गर्नुभयो । उहाँले सन् २०२० मा जापानमा हुने ओलम्पीक प्रतियोगितामा नेपाल र जापानका बिचमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । मन्त्री ओडावराको यो पहिलो नेपाल भ्रमण हो ।

त्यसैगरी आजै परराष्ट्रमन्त्री महरासँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत जर्ज जिओभानी फ्रिडेन  (Jorg Giovanni Frieden) आज शिष्टाचार भेटवार्ता गर्नुभयो ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल भयो । सो अवसरमा पराष्ट्रमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न स्वीट्जरल्यान्ड भ्रमणको प्रशङ्ग उल्लेख गर्दै दुई देशबीचमा भएका उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गरेको बताउनुभयो ।

उहाँले ग्रामीण विकास, शिक्षा तथा भूकम्पपछिको पुनः निर्माणमा स्वीट्जरल्यान्ड सरकारले नेपाललाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी राजदूत जर्जले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आप्रवासनका विषयमा नेपाल र स्वीट्जरल्यान्ड सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

यसैबीच परराष्ट्रमन्त्री महरासँग नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम (Mashfee Binte Shams)ले शिष्टाचार भेटवार्ता गर्नुभयो ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुईपक्षीय सहयोग र आपसी हितका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्रीले शैक्षिक क्षेत्रमा बङ्गलादेशले पु¥याएको सहयोगको सह्र्रना गर्दै बिबिआइएन(बङ्गलादेश, भुटान, भारत र नेपाल) संरचनामा रहेर सहकार्यलाई थप प्रगाढ बनाउन सकिने बताउनुभयो । उहाँले अनुकुल समय मिलाएर बङ्कलादेशको भ्रमण गर्ने बताउनुभयो ।

राजदूत शामले दुई देशबीच रहीआएको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि उच्चस्तरीय भ्रमणलाई नियमित गर्नुपर्नेमा जोड दिँदै उपप्रधान तथा परराष्ट्रमन्त्रीलाई आफ्नो देश भ्रमणको निम्तो दिनुभयो । उहाँले बङ्गलादेश ऊर्जाको आवश्यकता भएको भन्दै नेपालसँग भएका ऊर्जाको स्रोतलाई परिचालन गरी निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी परराष्ट्रमन्त्री महरासँग नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेरा(W.S Parera)ले शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र मन्त्रालयमा आजै भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भयो ।

परराष्ट्रमन्त्री महराले साँस्कृतिक एवम् धार्मिक सम्बन्धलाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै भूकम्पपछिको पुनःनिर्माण कार्यमा श्रीलङ्काले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अनुकुल समय मिलाएर बङ्कलादेशको भ्रमण गर्ने बताउनुभयो ।

सो अवसरमा राजदूत परेराले दुई देशबीचको सम्बन्ध स्थापना भएको ६० औं वर्षका अवसरमा हुलाक टिकट सार्वजनिक गर्न लागिएको जानकारी दिँदै सो अवसरमा श्रीलङ्काको भ्रमण गर्न उपप्रधानमन्त्री महरालाई आग्रह गर्नुभयो ।

संवादपोष्टबाट