परासी, १९ असार । नवलपरासीको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा नेपाली कांग्रेसको प्रमुख उपप्रमुख सेटै बिजयी भएको छ । १८ वटा वडा रहेको रामग्राम नगरमा कांग्रेसका मेयर पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले ५,८५५ मत प्राप्त गरि आफनो निकट प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार उमाशंकर चौधरीलाई १,३२६ मतले पराजित गरेका हुन् । त्यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार रम्भा कुँवरले ६५८९ मत प्राप्त गरि आफनो निकट प्रतिस्पर्धी एमालेकि उपमेयरका उम्मेदवार उमादेवी यादवलाई २,५२८ मतले हराउदै आपुmँ बिजयी भएकि हुन् ।
रामग्रांमको १८ वटै वडामध्ये १० वटा वडामा कांग्रेसको उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएको छ भने २ वटा वडामा नेकपा एमाले, ३ वटामा रप्रपा र ३ वटा वडामा नयाँशक्ति÷फोरमको गठबन्धनले वडा अध्यक्ष जितेको छ । त्यसैगरि सुनवल नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार भिम बहादुर थापाक्षेत्री (भरत थापा) निर्वाचित भएका छन् भने उपमेयरमा एमालेका दधिराम अर्यालल बिजयी भएका छन् ।
त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष पदमा माओबादी केन्द्रंका बैजु प्रसाद गुप्ता (दिपक) बिजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकि पावित्रा कोहार बिजयी भएकि हुन् । सरावल गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक फोरमका राधेश्याम चौधरी, उपाध्यक्षमा कांग्रेसकि उत्तमा राय, प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका राजकुमार शर्मा उपाध्यक्षमा कांग्रेसकै अन्जु कुमारी चौधरी बिजयी भएकि हुन् । यता सुस्ता गाउँपालिकामा एमालेका राम प्रसाद पाण्डे अध्यक्षमा र उपाध्यक्षमा एमालेकै ईन्द्र कुमारी थरुनी बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको परासी क्षेत्रमा पर्ने ३ नगरपालिका र ४ गाउपालिका गरि ७ वटा स्थानिय तहको निर्वाचन भएको थियो जसमा २ नगरपालिका र ४ गाउँपालिकको अन्तिम नतिजा घोष्णा पनि भैसेकेको छ तर हाईवे स्थित बर्दकघाट नगरपालिकाको मतगणना अझै जारी छ । जिल्लाको विभिन्न तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरु हर्साेउल्लासका साथ बिजय ज्लुस निकालेका छन् ।
