इन्द्रेणी संवाददाता
दाङ, १४ असार । दाङको दुईवटा मतदान केन्द्रमा सुर्ती र भोलासमेत निषेध गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरस्थित सिद्धरत्ननाथ मावि मतदान केन्द्र र घोराही उपमहानगरपालिकाकै वडा नंं १२ हापुर रतनपुरको मतदान केन्द्रमा मतदाताहरुलाई सुरक्षाकर्मीहरुले सुर्ती र भोला समेत मतदान स्थलभित्र लिन दिएका छैनन् ।

DSCN1332

नारायणपुरस्थित सिद्धरत्ननाथ मावि मतदान केन्द्र प्रवेशद्धारमा खानतलासी लिदै सुरक्षार्कीहरु
तस्विर /उदय बीसी

मतदान केन्द्रमा मत हाल्न जाने मतदाताहरुलाई सुरक्षार्कीहरुले गेटमै चेकिङका क्रममा उनीहरुको गोजीमा रहेका सुर्ती, भोलालगायतका सुर्तीजन्य पदार्थ भित्र लिन दिएका छैनन् । जिल्ला सुरक्षा समितिले जिल्लामा चुनाव अवधिभर मदिरा निषेध गरेकोवेला मतदानकेन्द्रमा मदिरा सेवन गरेका व्यक्तहरुलाई पनि मतदान केन्द्रभित्र जान दिइएको छैन ।