धनगढी, १३ असार । स्थानिय तहको निर्वाचन बिथोल्नने कार्यक्रम लिएर बिभिन्न कार्यक्रम गर्दै आएको विप्लव समूहका एक कार्यक्रताको आत्मघाती बम बिस्फोट हुँदा मृत्यु भएको छ ।

Biplav-karyakarta ko mrityu

आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा धनगढी १२ जुगेडाका २९ वर्षीय चन्द्र सिंह (सनराइज) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । मृतक चन्द्र सिंह विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन् ।