दाङ १२ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले तुलसीपुरका कपडा व्यापारी राजकुमार श्रेष्ठ र अर्का व्यक्ति रणबहादुर घर्तीलाई अपहरण गर्नेहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । दाङ जिल्लासहित देशभरको सुरक्षा सुदृढ बनाइएकाले हत्या अपहरण तथा गुण्डागर्दी गर्ने ब्यक्ती छिट्टै पक्राउ पर्ने मन्त्री शर्माले बताए ।
FB_IMG_1497074830605
व्यापारी अपहरणको घटनाबाट सरकार गम्भीर भएको भन्दै उहाँले भन्नुभयो, ‘घटनाको कारण छ र अनुसन्धान जारी छ । पछि सबै स्पष्ट हुन्छ । यहाँको सुरक्षा सुदृढ गर्न सरकार दृढ छ ।’आइतबार दाङ आउनु भएका गृहमन्त्री शर्मा सोमबार काठमाडौं फर्किँदै हुनुहुन्छ ।