रीता लामा
घोराही, ८ असार । नेकपा एमाले घोराही उपमहानगरपालिकाका उम्मेदवारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । हामी यसरी गछौ एकसय दिनमा एक सय एक काम भन्दै एमाले घोराहीका उमेदवारहरुले आज विहीबार आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
एमाले स्थायि कमिटीका सदस्य शंखर पोखरेल एवम एमाले स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यको विशेष उपस्थितीमा एमाले घोराही उममहानगरका उम्दवारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए । एमाले घोराही उपमहानगरपालिकाका उम्दवारहरुले आफ्नो प्रतिज्ञापत्रमा घोराहीलाई प्लाष्टिक मुक्त, दुव्यशनि मुक्त शहर बनाउनेदेखि हेल्लो क्विक रेस्पोन्स कार्यक्रम पनि आफ्नो सय दिनमा समावेश गरेको छ ।
यस्तै एमाले घोराहीले घोराहीलाई भोकरहित जनता शोकरहित उपमहानगर संचालनका लागि वडावडामा सुपथ मुल्यको पसल खोल्नेदेखि फोहोरलाई मोहोर बनाउने आर्कषक योजना आफ्नो सय दिनमा समावेश गरेको छ । लामो समय देखि अन्योलमा रहेको चत्रपथ निर्माण एमाले घोराहीले आफ्नो प्रतिज्ञापत्रमा महत्वका साथ समावेश छ । एमालेले आफ्नो अर्को आर्कषक योजनामा धुम्रपान मुक्त परिवार, नमुना पर्यटकिय सामुदायिक जडिबुटि, बनस्पति उद्यानसहित चिडियाखाना निर्माणको कुरा पनि आफ्नो सय दिनमा राखेको छ ।
एमाले घोराहीका उमेदवारको प्रतिज्ञापत्र सुनिसकेपछि एमाले नेता एवम स्थायी कमिटी सदस्य शंखर पोखरलेले घोराही कमिटीले निर्माण गरेका प्रतिज्ञापत्र उत्कृष्ट भएको र जित पछि पुर्ण रुपमा कार्यान्वयन हुनेमा आफु ढक्क रहेको बताए ।
