इन्द्रेणी संवाददाता
दाङ, ८ असार। असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा आजदेखि (असार ८ गते) चुनाव समयअधिभर मदिरा विक्री वितरण गर्न नपाइने भएको छ ।

wine 1गएको मंगलवार वसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले असार ८ गतेदेखि जिल्लाका कुनै पनि होटल, रेष्टिुरेन्ट, तथा अन्य सार्वजनिक स्थलमा मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको अध्यक्षतामा वसेको बैठकले चुनाव अवधिरको सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको थियो । यो अवधिमा रक्सी विक्री वितरण गर्नेलाई मात्रै होइन रक्सी आएको पाइएमा समेत कारवाही गर्ने यहाँको प्रहरी प्रशासनले जनाएको छ ।