दाङ , ७ असार । योग मानसीक, भौतीक र आध्यात्मीक गतिविधिहरुको समुह हो । मानव जिवनलाई सार्थक जिवनमा रुपान्तरण गर्ने पद्धती हो । मानवका गतिविधिमा अनुशासन थप्ने कडी हो, इमान्दार चरीत्रको विकास गराउने पद्धती हो, साथै विनम्रता जोड्ने गहना पनी हो । विश्व योगा दिवसको सन्दर्भ पारेर घोराहीमा आयोजीत विद्यार्थी सचेतना कार्यक्रमका सहभागिहरुले यस विषयमा जोड दिएकाछन ।

party intry1लिटल एञ्जल स्कुल घोराहीको आयोजामा आयोजीत सो कार्यक्रममा वोल्ने वक्ताहरुले अहिलेको समाज दीनानुदीन अस्वस्थ्य वन्दै गइरहेको छ । यसलाई स्वस्थ्य वनाउने भनेकै मानसीक अभ्यास, शारीरिक अभ्यास तथा अध्यात्मिक चिन्तनले हो । तसर्थ यस विषयको अध्ययनलाई विद्यालय तह वाटै शुरु गरीनुपर्नेमा जोड दिदै आजको दीनमा विद्यालयले यसखालको कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरेको भन्दै विद्यालयको प्रशंसा तथा थप प्रगतीको कामना गरेका थिय ।

19403376_1494149953938690_952101761_oविश्व योगा दीवसको अवसर पारी घोराही स्थित लिटल एञ्जल स्कुलले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथी तथा नागरीक समाज दाङका सचिव चन्द्रराज पन्तले आफु स्वस्थ्य रहे परीवार स्वस्थ्य रहन्छ, परीवार स्वस्थ्य रहे समाज स्वस्थ्य रहन्छ भन्दै आफु र परीवार तथा समग्र मुलुकलाई नै स्वास्थ्य वनाउन विद्यार्थीहरु लाग्नु पर्नेमा जोड दिएका थिय । व्यस्तताका वीच पनी हामीलाई चाहिने स्वास्थ्य हो, हामी स्वस्थ्य भर्यौ भने सवै स्वस्थ्य रहन्छ भन्दै कार्यक्रमका विशिष्ट अतिथि तथा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले विद्यालय तहमा आयोजना गरीने यस्ता शिक्षामुलक कार्यक्रमहरुले विद्यार्थीहरुमा अत्मविश्वास बढाउनुका साथै सृजनशील वनाउदै लग्नेमा दुइमत नरहने वताय ।

19401438_1494150023938683_833640231_oविद्यालय सञ्चालक समितिका सदस्य पूर्ण चन्द्र गिरीको अध्यक्षता, विद्यालयका सहायक प्रिन्सिपल विमलकुमार रोकाको स्वागत मन्तव्य वाट शुरुभएको कार्यक्रममा विद्यालयको विशेष शिक्षा अन्र्तगत प्रदान गरीएको आधारभुत तहको पत्रकारीता तालीमका सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । विद्यार्थीहरुले सन्देश मुलक योगा नृत्य तथा योग कला समेत प्रदर्शन गरीएको सोकार्यक्रममा व्रहमकुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आवुका विके भगवान भाई, जिल्ला शिक्षा कार्यालय दाङका स्रोत व्यक्ति राम प्रसाद जैसी, नयाँ युगवोध राष्ट्रिय दैनिकका सह सम्पादक नरेन्द्र के.सी, पतन्जली योग समिति राप्ती अञ्चलका सल्लाहकार डा. लोकराज पराजुली, योगाचार्य रविन्द्र बस्नेत, वास फोरम पत्रकारका संयोजक गोविन्द खड्का लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमकको सहजी करण विद्यालयका प्राचार्य यादव गिरीले गर्नुभएको थियो ।

19451865_1494149990605353_1770768767_o