दाङ, २ असार । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल घोराही २ रामपुरको बिशेष भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णमहादुर महरा, पोलिटब्यूरो सदस्य हेमराज शर्मा ‘डायमण्ड’, वाइसिएल केन्द्रीय सदस्य सिर्जन बाँठा, जिल्ला संयोजक सरोज खड्कालगायलते सम्बोधन गर्नुभएको थियो ।

19349667_10211524981513946_620866537_o (1)भेलाले रोहन खांतीको अध्यक्षतामा वाइसिएलको २७ सदस्यीय रामपुर बजार समिति गठन गरेको छ । जसको उपाध्यक्ष पुन्टे बिक, सचिव बाबु थापा, कोषाध्यक्ष विनय चौधरी रहनुभएको छ । सदस्यहरुमा कैलास गहतराज, बिकास गहतराज, अनिल गहतराज, खिमु परियार, पदम घर्ति, सुवास पुन, यज्ञ नेपाली, श्रीधर थापा, भीम मगर, शक्ति परियार, राजु वि क, अर्जुन नेपाली, बाबुराम चौधरी, बिष्णु नेपाली, श्रीधर नेपाली, पदम परियार, हरि केसी, प्रेम पुन, रामबहादुर शेर्पाली, बिकास थापा, देव थापा, मोहन नेपाली र निकेस गहतराज रहनुभएको छ ।