काठमाडौं, २३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आज मंगलवार भएको प्रधानमन्त्रीको निर्वाचनमा देउवा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
व्यवस्थापिका संसदमा ५ सय ९३ सदस्य रहेकोमा जम्मा ५ सय ५८ मत मत खसेको थियो । देउवाको पक्षमा ३८८ मत खसेको थियो, भने विपक्षिमा १७० मत खसेको थियो । सामान्य बहुमतका देउवालाई २ सय ९७ मत आवश्यक रहेको थियो भने बहुमतका लागि ३ सय ९६ मत ल्याउनुपर्ने थियो । नवनिर्वाचत प्रधानमन्त्री देउवाले भोलि २ बजे मात्रै सपथ लिने छन् ।