इन्द्रेणी संवाददाता 

काठमाडौं २३ जेठ । कांग्रेस सभापती शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकारमा माओवादी केन्द्र बाट कृष्णबहादुर महराले गर्ने लगभग पक्का पक्की भएको माओवादी निकट श्रोतले जनाएको छ । प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान तथा अर्थमन्त्री बनेका महरा अहिले उपप्रधान तथा परराष्ट मन्त्री बन्ने भएका छन् ।

mahara - prabhakar

माओवादीले प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई पनि यसपटक पुनः मन्त्री बनाउने भएको छ । प्रभाकर यसपटक भने गृहमन्त्री बन्ने पक्का भएको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । माओवादीबाट सरकारमा जाने अरु मन्त्रीको टुंगो नलागे पनि टोपबहादुर रायमाझी, शक्ति बस्नेत, अग्नि सापकोटा, रेखा शर्मा सत्या पहाडी लगायतका नेताको चर्चा चलेको छ ।