घोराही, २१ जेठ । नेपाली कांग्रेसबाट घोराही उपमहानगरपालिकाका वडाहरुका उमेद्वारहरु घरदैलो कार्यक्रम सुरु गरेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १ देखी १९ नम्बर वडाका उमेद्वारहरु आफ्नो प्रतिवद्धता सहित घरदैलो गरिरहेको कांग्रेसल बताएको छ । वडालाई विकास पूर्ण बनाउने र जनताको आवश्यकतालाई पुरा गर्ने प्रतिवद्धतासहित वडाका उमेद्वारहरु प्रचारप्रसारसँगै घरदैलो कार्यक्रममा रहेको वडामा गठन भएका प्रचारप्रसार समितिहरुले बताएका छन् । हरेक वडामा सम्पर्क कार्यालय स्थापना गरेर घरदैलो चुनावी कार्यक्रमलाई तीव्र पारेको पनि समितिले बताएका छ । घरदैलो कार्यक्रमका साथै ¥याली एवं कोणसभाहरु पनि भईरहेको उमेद्वारहरुले जानकारी दिएका छन् ।

feature0घोराही नगरपालिका वडा नम्बर १ मा अध्यक्षका उमेद्वार किशोर पाण्डेसहित खुल्ला सदस्य, महिला सदस्य एवं दलित सदस्यहरु वडामा घरदैलो गरिरहेको छ भने वडा नम्बर २ मा पनि घरदैलो कार्यक्रम भईरहेको वडा अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिनुभयो । वडा नम्बर ३ का उमेद्वार माधव चौधरी पनि उमेदेवारको टिम सहित नेता कार्यकर्ताको समथमा वडामा रहेका वडाबासीहरुको घरघरमा पुगेर घरदैलो गर्दै निर्वाचनमा आफूलाई विजयी बनाउन अनुरोध सहित प्रचारप्रसारमा रहेको प्रचारप्रसार समितिले बताएको छ । वडा नम्बर ४ का उमेद्वार दामोदर शर्मा सहितको टोलीपनि घरदैला कार्यक्रममा रहेको छ ।

वडा नम्बर ५ मा चुनावी प्रचारप्रसारसँगै घरदैलो कार्यक्रम भईरहेको वडा अध्यक्षका उमेद्वार विष्णुमणी दाहालले बताए । साविक धर्ना गाविसको १ नम्बर वडा धारापानीबाट सुरु गरेको घरदैलो कार्यक्रम अन्तरगत साविक गाविसको ४ वडा वडामा पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न भईसकेको र साविक ५ नम्बर वडाको भैसापथ्रामा घरदैलो कार्यक्रम भईरहेको छ । वडा अध्यक्षका उमेद्वार दाहालसहित सदस्यहरुको टोली सहित सयौ नेता कार्यकर्ताहरुको टोली घरदैलो कार्यक्रममा रहेको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ६ मा पनि चुनावी प्रचारप्रसार एवं घरदैलो कार्यक्रम तीव् रुपमा भईरहेको वडा अध्यक्षका उमेद्वार रेवबहादुर बुढाथोकीले बताउनुभयो
वडा नम्बर ७ मा पनि नेपाली कांग्रेस पहिलो चरणमा वडाका प्रत्यक घरमा पुगेर घरदैलो सम्पन्न गरेको छ । जेठ १५ गतेदेखी सुरु गरेको घरदैलो पहिलो चरणमा सम्पन्न भईसकेको अध्यक्ष पदका उमेद्वार भिमप्काश खड्काले जानकारी दिनुभयो । घरदैलो कार्यक्रमको विषयमा समीक्षा बैठक आईतवार आज सम्पन्न भएको र सोमवार वडा नम्बर ७ मा रहेका नेपाली कांग्रेसका अगुवाहरुसँग छलफल गरेर सल्लाह सुझाव अनुसार अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।

वडा नम्बर ८ का उमेद्वार चन्द्रप्रसाद चौधरी सहितको नेपाली कांग्रेसका उमेद्वारहरुको टोली पनि घरदैलो कार्यक्रममा व्यस्त रहेको छ । आज आईतवारदेखी घरदैलो कार्यक्रम सुरु गरेको छ । सौरीबाट सुरु भएको घरदैलोमा आज आईतवार सौरी र बेलुवामा घरदैलो कार्यक्रम भएको छ । वडा नम्बर ९ मा पनि नेपाली कांग्रसका उमेद्वारहरु घरदैलो कार्यक्रममा रहेका छन् । भगुवारबाट सुरु भएको घरदैलो कार्यक्रम अन्तरगत आईतवार आद्राभरैया, मछाई, कर्मटियामा घरदैलो कार्यक्रम भएको वडा अध्यक्षका उमेद्वार भग्गुप्रसाद रोकाले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाको वडा नम्बर १० मा भने अझैसम्म पनि उमेद्वारहरु चयन गरिएको छैन । अध्यक्षका आकांक्षीहरु धेरै भएकाले उमेद्वारको टुंगो लगाउने जिम्मा क्षेत्र तथा जिल्ला कार्यसमितिले केन्द्रलाई दिएको छ । क्षेत्रले जिल्लालाई निर्णय गर्न अनुरोध गरि सीफरिस गरेकोमा जिल्लाले कांग्रेसको केन्द्रीय समितिमा पठाएको छ । उपमहानगरपालिकाको मेयर उपमेयरको सिफरिससँगै वडा नम्बर १० को उमेद्वारको टुंगो लगाउने जिम्मा केन्द्रलाई दिएकाले मेयर उपमेयरसँगै वडा नम्बर १० को अध्यक्ष सहित सदस्य उमेद्वारको पनि टुंगो लाग्ने कांग्रेसले बताएको छ ।

घोराही उपमहानगरपालिका ११ मा पनि चुनावी प्रचारप्रसार तीव्र रुपमा अगाडी बढेको छ । वडाको शिवपुरबाट सुरु गरेको घरदैलो कार्यक्रम अन्तरगत आईतवार खैरा, डोक्रेना, बरुवागाँउ लगायतका गाँउमा घरदैलो कार्यक्रम भईरहेको वडा अध्यक्षका उमेद्वार कमल गौतमलले जानकारी दिनुभयो । वडामा रहेका हरेक घरमा पुगेर घरदैलो गरिरहेको पनि उहाँले बताउनुभयो । उपमहानगरपालिकाको वडा नम्बर १२ मा पनि चुनावी कार्यक्रमहरु भईरहेका छन् । प्रचारप्रसार कार्यक्रम अन्तरगत शनिवार वडाका रहेका हरेक गाँउमा वृहत मोटरसाईकल ¥याली गरेको वडा अध्यक्षका उमेद्वार निर्मल न्यौपानेले जानकारी दिनुभयो । माराकोटबाट सुरु भएको १२ नम्बर वडाको घरदैलो कार्यक्रम अन्तरगत पहाडी क्षेत्रमा भईरहेको पनि उहाँले बताउनुभयो । वडा नम्बर १३ मा पनि कांग्रेसका उमेद्वारहरुले चुनावी कार्यक्रम तीव्र पारेका छन् । अध्यक्षका उमेद्वार भगतसिंह भण्डारी सहितको उमेद्वारहरुको टोली प्रचारप्रसार एवं घरदैलो कार्यक्रममा रहेको छ । बडहराको जागृति टोलबाट सुरु भएको घरदैलो कार्यक्रममा डबरडिंगा, तल्लो बडहरा, मंलेरी, बनगाँउ, कलमघारी लगायतका स्थानमा घरदैलो गरिएको र सोमवार मौलाकोटमा घरदैलो कार्यक्रम गर्ने अध्यक्षका उमेद्वार भण्डारीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ राप्ती टोलबाट सुरु भएको घरदैलो कार्यक्रम सब्जीमण्डी, कपासीबगीया, ढोडेनी, लगायतका विभिन्न स्थानमा घरदैलो कार्यक्रम एव सभाहरु भईरहेको अध्यक्षका उमेद्वार श्याम सुवेदीले जानकारी दिनुभयो । वडा नम्बर १५ को चुनावी कार्यक्रम पनि तीव्र रुपमा भईरहेको छ । वडा नम्बर १५ मा अध्यक्षका उमेद्वार रमेशकुमार पाण्डेय सहित सदस्यहरु एवं नेता कार्यकर्ताहरुको सहभागीतामा घरदैलो कार्यक्रम भईरहेको छ । वडाको विकासनगर टोलबाट सुरु भएको घरदैलो कार्यक्रम अन्तरगत शनिवार काठेकोहल क्षेत्रमा भएको घरदैलो कार्यक्रम आईतवार कपासीबगीया क्षेत्रमा भएको कांग्रेसका वडा ईकाई सभापति प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । घरदैलो कार्यक्रमको साथमा चुनावी सभाहरु पनि भईरहेको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाको वडा नम्बर १६ ले बैठक एवं छलफल गरेर भोली सोमवारदेखी घरदैलो कार्यक्रम सुरु गर्ने अध्यक्ष पदका उमेद्वार लोकबहादुर खत्रीले जानकारी दिनुभयो ।
१७ नम्बर वडामा पनि घरदैलो कार्यक्रम भईरहेको छ ।

कर्जाहीबाट सुरु भएको घरदैलो कार्यक्रम अनतरगत आईतवार चौघेरा, डबरी, गैरागाँउ लगायतका स्थानमा घरदैलो कार्यक्रम भएको वडा अध्यक्षका उमेद्वार बुझाउना चौधरीले जानकारी दिनुभयो । उपमहानगरपालिकाको वडा नम्बर १८ मा पहिलो चरणको घरदैलो कार्यक्रम गरिरहेको छ । कांग्रेसबाट उमेद्वार बनेका अध्यक्ष सहित सदस्यहरुले घरदैलो कार्यक्रम गरिरहेका छन् । वडाको फुर्सेखाली गिठेपानीबाट सुरु भएको घरदैलो कार्यक्रम अन्तरगत आईतवार आज तल्लो रझेना र काप्रेखोलामा भएको अध्यक्ष पदका उमेद्वार दिनेश अधिकारीले जानकारी दिनुभयो । यस्तै १९ नम्बर वडामा कांग्रेसका उमेद्वारहरु दोस्रो चरणको घरदैलो कार्यक्रममा रहेका छन् । वडाबासीहरुको समस्याको पहिचान गर्दै पहिलो चरणको घरदैलो कार्यक्रम सकिएको र दोस्रो चरणको घरदैलो कार्यक्रममा रहेको अध्यक्ष पदका उमेद्वार ज्ञानबहादुर रायमाझीले जानकारी दिनुभयो । वडाका विकासका योजनाहरु लिएर घरदैलोमा जादा वडाबासीहरुले सहयाग गर्ने प्रतिवद्धता व्यक्त गरेको उमेद्वारहरुले बताएका छन् ।