काठमाडौं, जेठ १४– धादिङको निलकण्ठ १० गोलाभन्ज्याङको भकारेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गोला भन्ज्याङबाट यात्रु बोकेर त्रिपुरेश्वरको खहरे बजारतर्फ जाँदै गरेको ग१ख ३४०५ नम्बरको स्कुल बस आइतबार साँझ भकारेमा दुर्घटना भएको थियो ।

Accident

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । सदरमुकामबाट गएको नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् ।

यात्रु चढाएर छतमा सामान चढाउँदै गर्दा बस आरालोमा गुडेर भीरबाट तल खसेको थियो । घटनाको पूर्ण विवरण भने आइसकेको छैन ।
रातोपाटीबाट