गोविन्द खड्का
दाङ , ८ जेठ । स्वाथ्य अगुवाका रुपमा २०४० साल देखि घोराही उपमहानगरपालिका १८ का बिष्ण आचार्यले स्वयंसेवि सेवा शुरुवात गर्नुभयो । त्यस बेला बच्चाको नाईटो पाक्ने र महिलाको यौनी पाक्ने खतरा थियो ।

100_6229उतिवेला सिंगो वडामा आचार्य एक्लै हुनुहुन्थ्यो । जनसंख्या पनि कमै थियो । अहिले सरस्वता केसि, सुनिता आचार्य, भगवता रावत, महेन्द्रा रावत, पवित्रा भुषाल, सुधा रावत र निर्मला आचार्य लगाएत थपिनु भएको छ । पद पनि फेरीएर महिला स्वाथ्य स्वयंसेविका रहेको छ । यस्तो नाम नहुदै घनवहादुर रावतले पनि स्वाथ्य अगुवाका रुपमा काम गर्नुहुन्थ्यो । पुरुषले पनि गर्न मिल्थ्यो ।

सबैले आ आफ्नै क्षेत्र ओगटेर सेवा दिने गर्नुभएको छ । बेला बखतका जमघटहरुमा आफ्ना अनुभव सुनाउनु हुन्छ । एक्ला एक्लै घर घरै धाउने स्वयंसेविकालाई सामुहिक समाजमा जान खुला दिसामुक्त अभियानले सिकायो । एक घर एक चर्पिको नारा साकार पार्न अहं भुमिका छ । त्यस पछि शुरु भएको पुर्ण सरसफाई अभियानले पनि एक जुट भएर योजान बनाउन दिएको छ ।

उनिहरुले घर घरै पुगेर तिन वटा टोलमा पुर्ण सरसफाइको सुचक सहितका स्टिकर टासेका छन् । गोदावरी, खरकटि र सुपैला खुटिमा घरघरै टासिएको हो । त्यस बेलाको क्षण सम्झदै आचार्यले भन्नुभयो, ‘बिहान भरी भोक भोकै टासियो’ उहाले थप्नुभयो, ‘आराम नगरेरै दिनभरी हिडियो ।’ उनिहरुलाई यती धेरै चटकारो किन थियो त ? त्यसको जवाफ छ फोहरले धेरै समस्या थियो । त्यहि चिन्ताले सबै स्वयंसेविकाहरुलाई सरसफाइ अभियान चलाउन उत्सुक बनायो ।

शुरुवातीका दिनहरुमा आचार्य आफैलाई पनि महिनावारीको विषय लाज लाग्थ्यो । जवानी रहदा सम्म महिनावारी भएको कसैले कहिल्यै थाह पाएन । लुकालो टालो राख्ने, त्यसलाई कसैले नदेख्ने, नभेट्ने ठाउमा सुकाउने र फेरी प्रयोग गर्ने हुन्थ्यो । त्यस बेला जे जस्तो भेटिन्छ त्यहि टालो राखेर रगत थाम्ने मात्रै उद्देश्य थियो । महिनावारी असाध्यै लाजको बिषय मानिन्थ्यो ।

‘यौनी धुदैन्थे’ आचार्यले भन्नुभयो, ‘जस्तो पायो त्यस्तै लाउने, लुकाएर घाम नलाग्ने ठाउमा सुकाउने गर्थे ।’ उहाका अनुसार अहिले सफा गरेर पटाएर राख्ने चलन शुरु भएको छ । आचार्य आफैले पनि सुरक्षित तरीका अपनाएको २०५२ साल देखि हो । महिला विकास कार्यालयले स्वाथ्य अगुवालाई तालिम दियो । त्यसै बेला देखि यौनी सफा राख्नुपर्छ भन्ने सिकीयो । घाममा सुकाउने, सफा टालामात्रै प्रयोग गर्ने, सावुन पानीले राम्रो संग धुने बानी भयो । ‘त्यस बेला सम्म मलाई पनि चेतना थिएन’ आचार्यले भन्नुभयो, ‘तालिम पछि टाला सुकाउन लाज मान्न छोडे ।’

संस्कारले पनि निक्कै कडा निति बनाएको थियो । आचार्यले विगत सम्झिदै भन्नुभयो, ‘पहिला मुलढोका बाट भित्र पस्न पाईदैन्थ्यो । खाटमा सुत्न मिल्दैन्थ्यो । भुईमा पल्टेर रात कटाउनु पर्दथ्यो’ परिवर्तनले खुशि आचार्यले थप्नुभयो, ‘अहिले गमक्क सिरक ओढेर आफ्नै ओछ्यानमा सुत्न पाईन्छ । महिनावारी प्रकृतिक नियम हो ।’ उहाका अनुसार अहिले आमा समुहको बैठकमा यहि सिकाईएको छ । त्यहा सहभागिले आफ्ना अनुभव र समस्या सुनाउछन् ।

गर्भ निरोधकका साथन आवश्यक भएका, यौन रोगले सताएकाले पनि निर्धक्क भन्न थालेका छन् । पोहर साल दश जनाले आयु सिडि राखेर गर्भनिरोधको १२ बर्षे उपाए अपनाएका थिए । आचार्यका अनुसार जनश्वाथ्य कार्यालयले पा“च जना पुगेपछि सिविर दिन्छु भनेको छ । अब समाजमा लाजमान्ने कुरा छैन । संवेदनशिल अंग हो भन्ने थाह छ । शिक्षत भएपछि सुधार भयो । त्यहि कुरा पुरुषलाई भने सुनाउन सकिन्न । लाज लाग्छ । सबै संग भन्ने खुला भए हुनेथियो भन्ने लाग्छ ।

नुन चिनी पानी बनाउने र खुवाउने तरीका सिकाउने बाट आचार्यको सेवा सुरु भएको थियो । स्वयंसेविका आचार्यका अनुसार केहि बर्ष पछि पोलियो थोपा आयो । चार पाच बर्ष अघि देखि पोशाक भत्ता दिन थालेको छ । खुलादिसामुक्त अभियान चल्यो । त्यसमा स्वयंसेविकाकहरुले सकृय भुमिका खेले । सबै घरमा पुगे । त्यस बेला सम्म हातधुने सिष्टमै थिएन । धेरै ठाउमा बालुवामा घसारेर हात पुछेको आचार्यलाई याद छ । सरसफाई अभियानले त्यो चलन अन्त गरायो । सावुन पानीले हातधुन थाले । परम्परा चलिरहेको भए यति बेला धेरै मान्छेहरु रोगले ग्रस्त हुन्थे ।
अहिले पनि केहि विद्यालयहरुले यसलाई सामान्य कुराका रुपमा लिएका छन् । घर नजिकैको आधारभुत विद्यालय गिठेपानीको व्यवस्थामा समेत चित्त नबुझेको प्रतिकृया दिनुभयो । अलि धेरै जुटेर सबै विषयमा छलफल गर्ने आवश्यकता औल्याउनुभयो । त्यसो त धेरै विद्यालयमा प्रयोग भएको प्याड फाल्ने बाल्टी सम्म छैन । विद्यालयले ईमर्जेन्सी परेको बेला छात्रालाई प्याड उपलब्ध गराउदैनन् । धेरै भिजेपछि मात्रै प्याड फेर्ने अधिकांश महिलाको बानी छ । रगत कुहिएर खराब गर्छ भन्ने चेतना निकै न्युन छ । जसले पाठेघरका मुखमा हुने संक्रमण हट्न सकेको छैन ।

काम गरेको ३४ बर्षे अबधिमा आचार्यलाई धर्म कमाएको महशुस भएको छ । आफ्नै क्षेत्रमा ब्लीडिङको समस्याले दुईजनाले ज्यान गुमाएका थिए । त्यो समस्या नदोहोरीएकोले आफुलाई खुशि लागेको बताउनु भयो । सबैलाई सल्लाह दिएपछि अस्पताल पुग्ने र खतरामुक्त हुने गरेका छन् । उहा भन्नुहुन्छ ‘सहयोग गर्न पाउनु राम्रो हो । सहि काममा समाजले साथ दिनेरहे छ ।’ उहाका अनुसार बच्चालाई नाभीमा मलन लगाउन सिकाईन्छ । गर्भवति भएकालाई अस्पताल पठाईन्छ ।

तपाईको क्षेत्रमा कति गर्भवति छन् ? भनेर सोधिएको प्रश्नको जवाफ दिदै भन्नुभयो, ‘मेरो क्षेत्रमा अहिले ६ जना गर्भवति छन् । उनिहरु सबैले आईरन चक्की खाएका छन् । नियमित स्वाथ्य जाच गराउन जान्छन् ।’ उहाले नअक्मकाई सुनाउनु भयो । यसले महिला स्वयंसेविकाले गरेको सकारात्मक पहल को संकेत गर्दथ्यो । आचार्यका अनुसार हरेक महिना आमा समुहमा छलफल चल्छ । नया गर्भवतिले पनि जानकारी गराउछन् । केहि महिलाहरु घरमै आएर गर्भवति भएको खबर दिन्छन् । महिनावारी भएपछि चोखिनकै लागि पनि धेरैले नुहाउछन् । त्यहि परिवर्तनले अहिले समाजमा नाईटो र यौनी पाक्नेहरु घटे । धेरैले रोगमुक्त जिवन विताएका छन् ।