इन्द्रेणी संवाददाता
दाङ, २२ जेठ
मिलन चौक युवा समुह घोराही ११ को आयोजनामा आज सौंडियार ३ रावतगाउँमा एक दिने निशुल्क स्वास्थ्य परामर्श सेवा कार्यक्रम भएको छ ।rrrrrr
सामाजिक सेवा अभियान अन्तर्गत निशुल्क स्वास्थ्य परामर्श सेवा कार्यक्रम भएको हो ।

शिबीरबाट सौंडियार, धर्ना र घोराहीका स्थानीयहरु लाभान्बीत भएका छन् । शिबीरमा डाक्टर मनोज अधिकारी, एचए रोशिका पाण्डे, सुनिल लम्साल, रोशनि डीसी, सम्झना डिसी, रोशनी बर्माले चेकजाँच गराउनुभएको थियो ।

झाडापखाला, सुगर, पेट दुख्ने, समस्या भएका बिरामीहरुले उपचार गराईरहेको समुहका अध्यक्ष उमाकान्त भण्डारीले जानकारी दिनुभयो ।।