सप्तरी, २९ वैशाख । सप्तरी राजविराज–५ स्थित नापी कार्यालयमा बम बिस्फोट भएको छ । दिउँसो साढे ४ बज कार्यालयको कम्पाउण्ड भित्र रहेको ग्यारेजमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटबाट ग्यारेज भित्र रहेको मोटरसाइकल र साइकल क्षति ग्रस्त हुनुका साथै भवनको छानो उडाएको छ भने ग्यारेज भवनको भित्ताहरु समेत चर्किएको छ । कार्यालय बन्द हुने समय भएका कारण सेवाग्राही नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बम विस्फोटको जिम्मा तराइमा सशस्त्र आन्दोलनरत अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको छ । मोर्चा संयोजक जय कृष्ण गोइतले प्रेस विज्ञप्ती जारी गर्दै नापी शाखा कार्यालय भित्र व्याप्त भ्रष्टाचारको विरुद्घमा चेतावनी स्वरुप बिस्फोट गराएको जनाएको छ ।