काठमाडौं, २८ वैशाख । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाका लागि छुटेको बा ३ ख ५०५६ नम्बरको बस खाडीचौर नजिक तीन किलोमा दुर्घटना भएको हो ।

दुर्घटनामा दोलखा लामीडाँडा–७ का ७६ वर्षका मुक्तिनाथ घिमिरे र उहाँकी श्रीमती रत्नकुमारी घिमिरेको ज्यान गएको हो । घाइतेमध्ये ७ जनाको धुलिखेल अस्पताल र अरु घाइतेको सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।