दाङ, २३ बैशाख । अनेम संघ (क्रान्तिकारी) घोराही उपमहानगर वडा नं. ५ को भेला सम्पन्न भएको छ । भेलाले गीता भण्डारीको अध्यक्षतामा ३९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा हिमा डाँगी र नमिता विक, सचिवमा अञ्जना श्रेष्ठ, सहसचिवमा लक्ष्मी थापा र रुपा विक तथा कोषाध्यक्षमा सर्मिला चौधरी रहनुभएको छ ।

वडा भेलामा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य घोराही उपमहानगरको प्रमुखका उम्मेदवार जीवन गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा ‘एटम’, अनेम संघ (क्रान्तिकारी) दाङका अध्यक्ष बालिका शर्मा, उपाध्यक्ष सीता चौधरी ‘प्रतिज्ञा’ र सचिव दिलकुमारी बुढाले बोल्नुभएको थियो । गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नमिता विकले गर्नुभएको थियो भने हिमा डाँगीले स्वागत गर्नुभएको थियो ।