राजविराज, २२ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छन् ।

feature0सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो । खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ ।

घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।