रुकुम, २१ बैशाख । रुकुमको बाँफिकोट गाउँपालिका ७, मा नेकपा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार पविता कामी निर्विरोध भएकी छिन् ।
उक्त वडामा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाबाट दलित महिला सदस्यमा कसैको उम्मेदवारी नपरेपछि कामी निर्विरोध भएकी हुन् । यो सँगै माओवादी केन्द्रका ५ जना उम्मेदवारहरुले जित हासिल गरेका छन् ।