लमजुङ, २१ वैशाख । लमजुङका केही स्थानीय तहमा उम्मेदवारहरु निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् ।

feature0चुनावमा गठबन्धन गरेर अघि बढेका दुई दलका दलित महिला सदस्यहरु निर्विरोध विजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट क्होलासोथर गाउँपालिकाको वडा नम्बर ४ भुजुङमा दलित महिला सदस्यमा जालु दमै निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै दूधपोखरी गाउँपालिकाको वडा नम्बर ४ इलमपोखरीमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सुनिता बिक निर्विरोध चयन भएका छन् ।