माधव बेल्वासे
सिलाई कटाईबाट कपिलवस्तुका महिलाहरु आत्मनिर्भर वन्दै गएका छन । विभिन्न संघ सस्थाले आयोजना गरेका सामान्य तालिम पछि आत्मनिर्भर वन्न पुगेका हुन ।

silai

बाल अपाङ्ग टेवा सस्थान द्धारा संचालित एक वर्षिय सिलाई कटाई तालिम वाट वर्षेनि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । २०७३ सालमा संचालित तालिम वाट आफुले सिलाई कटाई तालिममा दक्ष भएकोले आफुले आफ्नै व्यावसाय सुरु गर्ने तालिममा सहभागि पुजा थारुले वताईन । उनि भन्छिन“आफ्नो गाउमा सिलाई पसल गरि आत्मनिर्भर वन्छु ” ।

बाल अपाङ्ग टेवा सस्थानले सोमवार आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा २०७४ सालको लागि ३० जना छनोट भएका छन ।स्थानिय महिलाहरुको जिवनस्तर उस्काउन र आत्मनिर्भर बनाउने उद्दश्यले सो तालिम संचालन गरिएको सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले वताए ।

तालिममा कपिलवस्तुका अधिंकाश थारु समुदायका महिला युवतिहरुको सहभागिता रहेको थियो ।तालिमलाई व्याभारिक्तामा ल्याउने सहभागिहरुले वताए ।पुरुषको तुलनामा महिलाहरु पछि परिरहेको हुदा आफुले महिलाको लागि विभिन्न तालिम संचालन गरि अगाडि वढाउने प्रयासमा रहेको बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष शेर्पाले वताए ।

कार्यक्रममा वोल्दै समाजसेवि नेत्रराज अधिकारिले महिलाहरु अव आफ्नो व्यावसाय तर्फ अग्रसर भई तालिममा सिकेको कुरालाई व्याभारमा ल्याउनुपर्ने वताए ।कार्यक्रवाट तालिमलाई सहयोग गरेका समाजसेवि विष्णु अधिकारि र प्रशिक्षक चन्दा थापालाई सम्मान पत्रले सम्मान गरिएको छ ।कार्यक्रममा बाल अपाङ्ग टेवा सस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाको अध्यक्षता र संचारकर्मि माधव वेल्वासेका संचालनमा सम्पन्न भएको हो ।