
गोविन्द खड्का
बाईक चढे । गोजीवाट सुद्धप्लस निकाले । तरक्क च्याते । टुक्रो भुईमा खसाले । दुई हातले च्याप्प समाति चलाएर फा“को हाले । त्यसलाई पनि उडाईदिए । त्यस पछि मोटरसाईकल स्टार्टको पोजीशनमा गए ।
नजिक बाट हेरीरहेको मैले सहन सकिन । नजिकै पुगेर सम्मानका साथ सोधे ‘किन फाल्नुभयो ?’ मेरा परिचीत मित्र कुनै राजनीतक दलका जिल्ला स्तरका एक नेताहुन् । उनले सजिलै प्रति प्रश्न गरे ‘यो वस पार्क हो र ?’ मैले जवाफ दिए“ ‘होईन, तर तपाईहरुले सरसफाइ अभियानमा बढार्ने क्षेत्र हो ।’ उनलाई जवाफ चित्त बुझेको हुनुपर्छ । थोरै मुस्कान छोडे । मैले थपे ‘यसलाई टिप्न आफै झाडु लिएर आउनु हुने छ ।’ अनि उनले गल्ती गरेको महशुस गरे । त्यो टिपेनन् नफाल्ने बाचा गरे । ‘अबका दिनमा गोजिमै हाल्छु, डस्टिविनमा फाल्छु ।’ भने हिडे ।
समाज सेवा वाक्य सबैका मुखमा अटाएको छ । खोल्न वित्तीकै पहिलो शानको वाक्य यहि निश्कन्छ । समाज सेवा कति समय के का लागि ? यो पुष्टि हुन सकेको छैन । राजनीति कमाउन, ऐस आराम र सयर गर्न, ठुलो मान्छे बन्न, कसैलाई देखाउन गरीने पेशामा परिणत भएको छ । त्यसको परिणाम दिन रात पार्टिको काममा खट्नेहरुलाई सर्बसाधारणले समाजसेवि भन्न छोडेका छन् । नेताहरुलाई स्वार्थी, लोभी, पापी, फटाह जस्ता दुर्वाच्यले घृणा गर्नेहरु बढिरहेका छन् । त्यसले राजनीतिक वितृष्ण फैलाएको छ । यो निराशा राष्ट्रिय घाटा हो । समाजीक सञ्जालमा फैलिने नेताहरुलाई लक्षित घृणित कार्टुन, स्टाटस त्यसका कमिन्टहरुलाई स्वागत गर्न सकिन्न । तर समिक्षा गर्न जरुरी छ । अब भाषण गरेको पत्याउने जमाना सकियो । कसैले घोषणा पत्र बनाएर फिंज्दैमा पुग्दैन । काम गरेको फोटो क्लिीक पार्नैपर्छ ।
तत्काल देखिने परिवर्तन चाहिएको छ । त्यसो भन्दैमा केहिले उपभोक्ता बादि सो“च भनेर अथ्याउलान् । कतिले व्यवहार बाद भन्ने उपमा देलान् । उनिहरुले बुझ्नुपर्छ शिद्धान्त बाद हावि छ । गफाडिको विकास ग¥यो । त्यसमा पनि आफुलाई क्रान्तिकारी कम्युनिष्ट भन्नेहरु शिद्धान्तमा व्यहोस छन् । घर परिवार व्यक्तिगत सम्पती, निजि स्वार्थ एवं सुख सयल त्यागेर पार्टिमा लम्पट हुन्छन् । उनिहरुका वालबच्चाको विचल्ली छ । उनीहरुलाई कुनै चाडपर्व, रहर महशुस गर्ने अबसर छैन । जिवित बाउ आमा लाई देख्न समेत नपाउने वातावरण तिनका घरमाबनेको छ । त्यसले बच्पनमै आक्रोस, मानसीक तनाव, बैमनस्यता, अपराध, निराशा, कुण्ठा जन्माउछ । घर त्यागि हिडेर अरु अरु ठाउमा पुगि उचाल्ने, भड्काउने योजनाले मात्रै अबको क्रान्ति हुदैन । नमुना बस्ति निर्माण क्रान्ति हो । एक ठाउको सिको सबै ठाउमा फैलिनु परिवर्तन हो । अलिकति कसैले राम्रो काम गरे एकैचोटि संसार भर पुग्छ । सुनाउन जंगलको बाटो भएर महिनौ हिड्नु पर्दैन । न त कुनै चिठि लेखेर नै सञ्चार गर्नु पर्ने अबस्था छ ।
घोराहीले शुरुवात गरेको अभियान कर्मचारीले वचेको समयमा गरेको समाज सेवा हो । उनिहरु सार्वजनिक विदाको दिन पनि उपस्थित हुने गरेका छन् । सायद सट्टा विदाका नाममा काज मिलाएर भत्ता असुलेका छैनन् । कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा बाहेक सबै स्थानिय हुन् । जसले जागिर सकिएपनि बाच्ने थलो यहि हो । अलि बढि सकृयतका देखाउनुपर्छ । अरु नागरीक सरह बजार सफाइमा लाग्नुपर्छ । बिडम्बना केहि कर्मचारी खुशि छैनन् भन्ने आएको छ । सुचना चुहिए अनुसार कतिपय बेलामा सरसफाइ अभियान व्यक्तिको काम जत्तीकै कम प्राथमिकतामा पर्ने गरेको छ । अपच भएको हुन्छ । लत्रीदै घिस्रीदै उनिहरुले साथ दिएका हुन्छन् । सकभर मान्छेहरु नजुट्ने वातावरण बनाउन लागिपर्छन् । असफल बनाउने भित्रि नियतका साथ गलत पात्रहरु उठाएर प्राहर गर्ने सकृयलाई निराश बनाउने डिजाईन गर्छन् । त्यसको एउटा उदाहरण हो लाजमर्दो तयारी र व्यवस्थापन ।
एउटा कुरा बुझ्नुपर्छ बषौपछि घोराही उपमहानगर पालिकाको कार्यालय परिसर सफा भएको छ । फालिएका ढुंगा समेत रंग लगाएर सुन्दर बस्तु जस्तो सजिएको देखिन्छन् । हरेक बोटमा रंग पोतिएको छ । पार्किङ व्यवस्थित गरीएको छ । पश्चिम तिरको झाडि हटाएर सितलमा बस्ने व्यवस्था छ । त्यसलाई समेत पचाउन नसक्ने अपराधिक मानसीकताका व्यक्ती भेटिनु दुर्भाग्य हो । उनिहरुको कपट, हामिलाई कमजोर देखाए भन्ने आत्मगलानी एवं हिनताबोध घातक छ । मालि देखि कुनै पनि कर्मचारी फुर्सदिला देखिन्नन् । यो चलाएमान् गल्ती होईन ।
कानुन वा विधिले दिने र रोक्ने हिसाव नगरी भन्दा नगरपालिकाका लामो समय देखि काम गरेका रामधन श्रेष्ठ, सुवोध रेग्मी, विर बहादुर वली लगाएतको विकासमा देन छ । विरोध गर्नेका लागि उनिहरुका कन्सल्टेन्सी, डोजर, टिप्परहरु मसला भएका छन् । क्रेसर, तार कोलहरु बहाना बनेका छन् । तर, चा“डो काम सम्पन्न गर्नका लागि, समयमा नगरपालिकाको बजेट खर्च गर्नका लागि महत्वपुर्ण साधन तिनकै हुन् । यति आफ्नो कमाई ति साधनमा उपयोग नगरेको भए घोराही नगर यति अघि पुग्दैन्थ्यो ।
उनिहरुले कमिसन खाएको वा कामपाएर कमाएको ठुलो अपराध सम्झिनु हुन्न । यहि भनीरहदा मलाई कोठामै गएर केहि व्यक्तिले गाली व्यईजति गरे । यो लेख पढ्न भ्याएछन् भने सत्तो सराप गर्ने छन् । उनिहरुको अधिकारलाई सम्मान गर्दै सत्य कुरा घोराहीको विकास त्यहि भित्रै का कर्मचारीले चलाएका निजी व्यवसाय बाटै भएको हो ।
यति भनीरहदा समाज सेविको मान पदवी दिन भने सकिन्न । त्यसका लागि आचरणको विकास गर्न जरुरी छ । कार्यालयको फोनमा कुनै पार्टिको नेताले आफ्नो पार्टिको सम्वोधन गर्दा कर्मचारीले नमस्कार भन्नै पर्छ । लाल सलाम र जय नेपाल जवाफी सम्वोधनको नियत गलत हुन्छ । सम्वोधन संगै तेरो मेरो मान्छे भन्ने नाता बाद कृपावाद आएको हुन्छ । त्यसले विभेद जन्माउछ । सबै काम खज्मजिएर विग्रीने अबस्था सिर्जना गर्छ । भोट जता सुकै हालुन । नगर वासीको हैसियतले कसैको काममा बाद्या अबरोध गर्नु हुन्न । त्यहि विधिले नगरपालिकाको महा अभियान हाक्नु पर्छ । त्यो अबसर आएको छ । त्यसमा नाक खुम्च्याएर, चन्द्र अध्यारो पारेर, ओठ लेब्रयाएर, आखा देखाएर लत्रिनु घिस्रीनु महा भुल हो । अभियान जसरी पनि अघि बढ्छ समयले मुल्यांकन गर्छ । छुटाए सम्मानको नभई पश्चातापको विषय बनाउछ ।
यति कुरा भन्नुपर्ने वाद्यता बैशाख १ गतेको अभियानले सिर्जना गरेको हो । विहान सात बजे उपस्थित हुनलाई पाच बजे देखिनै तयारी थियो । छ बजे सबै घर बाट निश्केका थिए । बसपार्कमा फे्रन्स वालकलवको सडक नाटक देखाईयो । दुईचार जनाले भाषण दिए । अभियान चलाएको नाताले शक्तिराम डागिले, अभियानको नेतृत्व गरेको नाताले कार्यकारी अधिकृत सापकोटाले उचित हो । प्रमुख अतिथि मन्त्रि परिषदको कार्यालयका सचिव दिनेश थपलियाले शुभकामना र केन्द्रको गतिविधि सुनाउनु उपयुक्त थियो ।
फ्रेन्डस वालकलवको नाटकले बढारेको भन्दा कम सन्देश दिएको थिएन । त्यस पछि सफा गरेर काम टुंगिनु पर्दथ्यो । कार्यालय हलमा लगेर भोका व्यक्तीलाई थुनेर सुनाउ अन्याए हो । स्मृति बृक्ष कार्यक्रम सहि होला सुनाउने तरीका निकै गलत थियो । कुनै सन्देशका लागि भन्दा कसैको कार्याक्रम सफल बनाउन जवर्जस्त गरीएको थियो । एक घुट्को चिया पनि खान नदिएर, पानीको व्यवस्था पनि नगरेर मान्छेलाई काममा लदाउनु सरसफाइको नियम भित्र पर्दैन होला ? त्यसले ग्याष्टिक लगाएत अन्य रोगिलाई ठुलो असर गर्छ । नास्ता खुाउन नसक्ने, पानी पिलाउन नसक्ने अनि अभिमुखिकरणको व्यानर टा“गेर आफ्नो भात पकाउने निकै गलत काम हो । आउदा दिनमा यस्ता भुल नगरुन् ।
अभियान अघि बढेको छ । शुरुका दिनमा बढार्ने काम भयो । अबका दिनमा फोहर घर र पसलतिरै फाल्दीनेमा विकास गरेको छ । केहि ठाउमा अराजकता पनि आउन सक्छ । जसरी हुन्छ सफ ागर्ने हो । अब उपमहानगर पालिकाले गाडिमा फोहर बोकेर हिड्ने अलि धरै चाहिनेलाई खन्याईदिने भनेको छ । यो कामको शुरुवात नया बर्षका दिन गरीएको छ । बढाउदै लैजानु पर्छ । बजार बासि निकै हर्षित भएका छन् । सबैमा केहि हुन्छ भन्ने आश पलाएको छ । हजार पटक न उठाउने । बषौ दिन सम्म बढारीदिएर पनि तिनका घर पसल सफा भएनन् । अब फोहर प्रति मोह हो भने नगरपालिकाका सरसफाइ गाडि बाट खन्याईदिनै पर्छ ।
सफा राख्ने हो भने गाडि आउदा दिने नत्र नदेखिने गरी लुकाउनु पर्छ । चोकमा ल्याएर देखाउने कलस होईन । नेता समाज सेवि लगाएत आम नगरवासी एक घण्ठाको लागी अभियान मा निश्कनै पर्छ । एक दिन चिया पसल छोड्ने, मर्निग वाक छुटाउने, योगामा विदा गर्ने, अन्य भजन कृतन एवं सबै किसीमका काम एक घण्टा स्थिगित गरेर हाम्रो शहर सफ ागर्न लागौ । यो उपमहानगर पालिका वा अरुकसैको हितको लागि मात्रै होईन ।
आयोजकका एवं नेतृत्वबाट नया बर्षको दिन जसरी चेताउने काम नहोस् । जसले अभियानमा थपिने वातावरण अन्त गर्छ । कार्यकारी अधिकृत वा अरु कसैले एक्लै बढारेर अभियान सफल हुदैन । त्यसो त राजमान मानवले गत बर्ष नै घोराही बढारी सक्ने थिए । एक हप्ता झाडु लाएर सम्पर्कमा छैनन् । सबैलाई उचित समन्वय र सहभागि गराउनु नेतृत्वको कुशलता एवं सफलता हो । गर्दैनन्, मान्दैनन्, खराब छन् भन्ने तिर लागेर पन्छिदा असफल भईन्छ । त्यस दिनको अभियानले मलाई यहि सिकायो । कार्यक्रमको बारेमा जानकारी नभएर कर्मचारी हुत्तु न तुत्तु परेका हुन कि ? असहयोग ? त्यसको जवाफ आगामि व्यवहारले दिने छन् । हरेक महिनाको एक र १५ गते सरसफाइमा निश्कनु कर्तव्य सम्झिनु पर्छ ।











