तुलसीपुर १२ बैशाख । दाङका पुराना बामपन्थि नेता केशब रिजाल नयाँ शक्तिमा प्रबेश गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको बिचारबाट प्रेरित भई २०३० सालमा राजनीतिमा प्रबेश गरेका साबिक मानपुर ९ दुधरासका रिजालले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गरि नयाँ शक्तिमा प्रबेश गरेको जनाएका हुन् ।
डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले मुलुकमा अलग्गै बिचार र पहिचान सहित प्रस्तुत हुनुका साथै देश बिकासका लागि ठोस र आबधिक योजना सहित अगाडि बढेकाले आफुले नयाँ शक्तिमा प्रबेश गरेको बिज्ञप्ति मार्फत जनाएका छन् । उनले नयाँ शक्तिको ‘५ स’ को उदेश्य र आर्थिक सम्बृद्धिको बाटो नै देश बिकासको मार्ग भएको उनले बताएका छन् ।
बिगत लामो समय देखी कम्युनिष्ट आन्दोलनमा होमिएका उनी पछिल्लो समय माओवादी केन्द्रमा आबद्ध थिए । उनी २०३२÷०३३ मा कोआर्डिनेशन केन्द्रमा संलग्न हुँदै २०३५ सालमा नेकपा माले गठन भएपछि उनी मालेमा आबद्ध भए । त्यस पछि २०४७ सालमा माले र माक्र्सबादीबीच एमाले भएपछि त्यसका बिभिन्न कमिटिको अगुवाको रुपमा भुमिका निर्बाह गर्दै आएका थिए ।
उनी अनेरास्वबियू एकताको पाँचौको क्षेत्रीय अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका सदस्य, नेकपा एमाले नेपालगंजका सचिबपदमा रहेर समेत काम गरे । २०५४ मा एमाले पुर्नगठन भएपछि माले बनेका उनी केही समय पछि माओवादीमा प्रबेश गरेका थिए ।











