काठमाडौं, १३ वैशाख । कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खाँणले जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने दाबी गरेका हुन् । यो विषयमा प्रचण्ड र देउवाको सहमति भइसकेको उनले बताए ।
अहिलेको काँग्रेस–माओवादी केन्द्रको गठबन्धन तीन वटै तहको निर्वाचन अर्थात केन्द्रिय संसदको निर्वाचनसम्म कायम रहने बताए । अहिलेको गठबन्धन सरकारले जनताको लागि राम्रो काम गरेको बताउँदै यस्तै सम्बन्ध माओवादीसँग लामो समयसम्म टिकाउन भूमिका खेल्ने रक्षामन्त्री खाँणले बताए । खबरडबलीबाट










