गोविन्द खड्का
घोराही, १४  बैशाख । जोल्ठीएका दुई सर्प मडारीन थाले । टल्कदो घाममा सडकमै त्यसरी सर्प लठारीएपछि देख्नेलाई आश्चर्य चकित बनायो । घोराही १८ जलुके गिठेपानीको त्यो दृश्यले नाग देवता उत्पती भएको अर्थ लाग्यो ।

पानीका चौकिदार शेर बहादुर कुवर क्षेत्रीका अनुसार भगवान निश्केको चैत १३ गते हो । त्यस अघि सर्प निश्कन्थे । जंगलको क्षेउ, बाटो बाटै अग्लो पर्खाल उठाएको पानी टंकि क्षेत्र सर्प लुक्न उपयुक्त देखिन्छ । त्यहि सर्प सिजनमा भालेपोथि मिसिएको हुन सकने केहिको अनुमान छ । स्थानिय सुनिल परियार भने भगवान भनेर काप्दै सर्प निश्केको क्षेत्रमा पुगे । त्यस दिन देखि भगवानको सुरक्षार्थ टेष्ट टागियो । रातभरी स्थानिय युवाले पहरा दिएका छन् । घर घरै बाट गच्छे अनुसार रकम उठाएर मन्दिर बनाएका छन् । एउटा तयार भैसकेको र अर्कोको जग भाटिएको सो त्रिमुर्ति नागदेव मन्दिरका समेत रहनुभएका सल्लाहकार कुवरले जानकारी दिनुभयो ।

mandirअहिले सम्म सत्तरीहजार रकम उठि सकेको छ । मन्दिर निर्माणमा डेढलाख जति खर्च लागेको बताईन्छ । बाकि ऋणमै भएपनि उनिहरुको जा“गर मरेको छैन । झनै उत्साहित भएका छन् । विहान सबेरै पुजा पाठ हुन्छ । भेटि रकम चढाइन्छ । सर्प निश्कने सम्भावित प्वाल जतिमा धजा र अविरले पुजा गरीएको छ । सहयोगी सहित केहि व्यक्ति मन्दिरका पुर्ण कार्यकर्ता बनेका छन् ।

यसै गरी चैतको ६ गते घोराही, १८ कै मुसलमान डा“डा नजिक सर्प देखियो । स्थानियहरु त्यसलाई भगवान पुकार्छन् । रोल्पा थवाङ घर भएका किस्मत पुन खरकट्टि दिदिको घरमा बस्दै आएका थिए । रोजगारका लागि भारत जान लागेका उनि चैत ९ गते त्यहि सर्प निश्केको ठाउ“मा आएर कापे । त्यो भन्दा अगाडि नबढेपछि उनको भारत जाने योजना स्थगित भयो । साथिहरु गएर कमाउन लागि सके पुन भने दिन रात त्यहि बसेर ध्यान भजन कृतनमा मग्न छन् ।

त्यहा पुजा पाठ शुरु भए पछि पनि एक पटक सर्प निश्केको थियो । त्यसलाई चारैतिर पर्खिएका आश्तिकहरुले घेरा तोड्न दिएनन् । भने पुजारी वनेका पुनले पछि पछि बाट लखेटेर प्वाल भित्रै सर्प पठाए । ‘आज दर्शन भयो । साच्चै भगवान देख्न पायौ’ भनेर पुरै भिड हर्षित देखियो ।

उनिहरुको चारैतिरको कोलाहल नै सर्प भाग्न नदिन पर्याप्त थियो । त्यस पछि भा“डा कुडा चढाउने देखि मन्दिर बनाउने सम्मका योजना शुरु भए । अहिले मन्दिर निर्माण कार्य थालिएको छ । स्थानिय केशव राज आचार्य प्रमुख सहयोगीको रुपमा काम गर्नुभएको छ । दुवै जनाले गेरु बस्त्र धारण गरेका छन् । त्यहि क्षेत्रमा पाल टागिएको छ ।

विहानभरी पुजा पाठ हुन्छ । दिनभरी केहि व्यक्तिले कुरेर वस्छन् । केहि आर्थिक संकलन लगाएतको काममा जुटेका छन् । जव अध्यारो हुन्छ तव मेला शुरु हुन्छ । बजार क्षेत्रका मान्छेहरुको लस्करले प्रहरीले दैनिक पहरा दिनुपरेको छ । दुर्घटना वा अन्य घटना हुन सक्ने भिड भाड हुन्छ । डेग बजारु भ्जनमा सामुहिक नृत्य चल्छ । धेरैको मनोरजनको माध्यम बनेको मन्दिर । राति १२ बजे सम्म मेला गम्किने गरेको एक सहभागिले बताए । कैलु बराह देव नामाकणर गरीएको मन्दिरको अध्यक्ष गिरीराज शर्मा रहनुभएको छ । आर्थिक समिति बनाएर आर्थिक संकलनमा जुटेको छ ।

गत शनिवार मसिना बाट पार्वति विक कैलुवराहदेव मन्दिर क्षेत्रमा आउनुभयो । तिन वटै मन्दिरका चारै जनाले संयुक्त रुपमा पुजा अर्चना गरे । सबैलाई आफ्ना चेला घोषणा गरीन् पार्वतिले । यस अघि नै जलुकेमा पुगेर केशवलार्ई चेला घोषणा गरी सकेकि थिईन् । ‘नागेश्वरी वाट माता जि आउनु भयो । उहा आएपछि हाम्रो चेला हुन भन्नुभयो’ आफ्नै आवसमा भगवान प्रकट भएको खुशि साट्दै कुवरले भन्नुभयो, ‘सर्प त पहिला पनि देख्थे साच्चै देउता रहेछन् ।’ उनका अनुसार बल्ल थाह भयो । उनिहरुका अनुसार देउता चिने पार्ववति हुन् ।

घोराही १८ मसिना दिपज्योति टोलको सो क्षेत्रमा पहिल्यै देखि सार्पहरु देखिन्थे । २०७२ फागुन २७ गते पहेलो रंगको सर्प देखिएपछि औठोमा बदलियो । गिटि कुट्न खोलामा गएकि पार्वति विक का“प्दै आईन् । काम छोडि फर्केर आएकि उनले सर्पको भेषमा अनेकौ शारीरिक गति विधि देखाईन ।

उनि संगै अरु केहि महिलाले पनि नजिक पुगेर कापन थाले । एक पछि अर्कोलाई छोयो भनेर साक्षात नागदेवता भनि पुज्न शुरु गरे । नियमित जसो सर्प निश्कने गरेको दुलो सुरक्षित हुने गरी मन्दिर बन्यो । माता पार्वति भनेर विकको पहिचान बदलियो । दलित महिलालाई ढोग्ने चलन शुरु भयो । मन्त्रि तथा सांसदहरु समेत पुगेका छन् । सहयोग गर्नेहरुको हानथाप छ ।

मसिनामा बनेको नागेश्वरी मन्दिर क्षेत्रमा लाखौका संरचना बनि सकेका छन् । त्यस भन्दा खुशिको कुरा नमछु बौद्ध गुम्वा र बाह्रकुने दहलाई सोझो सडक रेखाले जोडेको छ । एक बर्षमै भएको तिब्रविकासका रुपमा अर्थ लगाईएको छ । आश्तिकहरुलाई के कति लाभ दियो त्यो मानसीक लाभको हिसाव छैन । सडक विस्तार भएपछि नास्तिकहरु गाडि मोटर कुदेपछि औधि रमाएका छन् ।

त्यसरी अनौठा अनौठा रंग, स्वभाव र शैलिका सर्प देखिनु प्राकृतिक प्रकृया वा दैवि चमत्कार त्यो खोजकै विषय छ । त्यसलाई पुष्टि नगरेपनि सर्प देख्ने वित्तिकै किन पुजा गर्छन् भन्ने बजार हल्ला छ । त्यसो भन्दैमा सबै सर्पलाई पुजा गरेका छैनन् । दिनहु जसो सर्प मारीरहेका छन् ।

सर्पको सुकुटी खाने व्यक्ति पनि त्यसै क्षेत्रमा बस्छन् । जिल्ला जनश्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलका अनुसार एक जना कापेको ठाउमा अरु धेरैलाई काप छुट्न सक्छ । त्यसैले बगालमा रहेको काप्ने मान्छे अलग्याउनु पर्छ । मानसीक रुपमै केहि असर देखिन्छ । त्यो मास हेष्टिेरीया पनि हुन सक्छ । सर्प देखेर काप्नेहरु डरले हो वा वाद्यता बुझनै पर्ने भएको छ । पुजा गर्ने, भगमान मान्ने, अधिकारलाई भने कहि कतै बाट हस्तक्षेप गर्नु हुन्न ।