काठमाण्डु, १३  वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले हालै गरेको फैसला विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान र भावनाविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।

28072016100147Pushpa_Kamal_Dahal_Prachanda_01-1000x0-848x478अदालतको फैसला संक्रमणकालिन न्यायको अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको उनले बताए । द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटना सत्य निरुपण तथा मेलमिलाप आयोेगको क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रचण्डले नियमित अदालती प्रक्रियामा लान खोजिए समस्या जटिल हुने चेतावनी दिए ।

सर्वोच्चको फैसलाले माओवादीलाई भन्दा काँग्रेस–एमालेलाई बढी समस्या परेको दाबी गरे । ‘द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये १२ हजारको हत्या राज्यका तर्फबाट भएको छ’, उनले भने, ‘ सर्वोच्चको फैसलाले हामी माओवादीहरुलाई होइन काँग्रेस र एमालेलाई बढी हान्छ ।’

आफूहरुले गम्भीरतापूर्वक समस्या उठान गरेका कारण उक्त समस्या माओवादीको मात्र हो कि भन्ने भ्रम पर्न गएको उल्लेख गरे । उनले राज्यतर्फबाट सयौं महिला बलात्कृत भएको भन्दै विद्रोहीका तर्फबाट बलात्कार भएको एउटै मात्र घटना देखाउन चुनौतीमसेत दिए ।
कुुमार लामा बेलायतमा पक्राउ परेको उदाहरण दिँदै प्रचण्डले काँग्रेस–एमाले र सेना प्रहरीभित्र धेरै कुमार लामा रहेको तथ्य नबिर्सन आग्रह गरे । उनले अदालतको फैसलाअनुसार गए काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा जेल जानुपर्ने बताए । ‘बाहिरबाट हेर्दा यो माओवादीको मात्र समस्याजस्तो देखिन्छ’, प्रचण्डले भने, ‘काँग्रेस, एमाले र सेना–प्रहरीमा धेरै कुमार लामा छन् ।

ghaderi bikrimaसमयमै मिलाउन सकिएन भने शेरबहादुर देउवा जेल जाने अवस्था आउँछ ।’ उनले पूरानो मुद्धाका आधारमा जेल परिन्छ कि भन्ने डर आफूहरुमा नरहेको जिकिर गरे । बरु द्वन्द्वकालिन मुद्धामा जेल पठाउन थालिए आफूहरु ‘हिरो’ हुने दाबी उनको छ ।

प्रचण्डले सर्वोच्चको फैसला दुरुपयोग गर्दै सत्तापक्षले बालकृष्ण ढुंगेल र अग्नि सापकोटासहित धेरैको मुद्धा उल्ट्याउन खोजेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरे । सत्तापक्षले आफ्ना एजेण्डामा ल्याउन माओवादीलाई धम्क्याउन खोजेको भन्दै उनले धम्कीको राजनीति दुर्भाग्यपूर्ण हुने बताए ।

यद्यपि सर्वोच्चको फैसला पुनरावलोकनमा जाने वा ऐन नै संशोधन गर्ने भन्नेबारे छलफल चलिरहेको जानकारी प्रचण्डले दिए । हालसम्म प्राप्त राजनीतिक उपलब्धी खोस्ने नियतका साथ द्वन्द्वकालिन मुद्धा ब्युँताउन खोजिएको आरोप उनले लगाए ।
काठमाण्डु टुडेबाट