दाङ । राजपुर गाउँपालिका वडा नं. २ बेलामा वाइसिएल वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कांग्रेस तथा एमाले पार्टी परित्याग गरी वडा नं. २ का विश्वराम विकको नेतृत्वमा २९ जना र वडा नं. ७ का लक्ष्मी खत्रीको नेतृत्वमा २५ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्मा र पोलिटव्यूरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ले अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा नेताद्वय रेखा शर्मा र नारायणी शर्माले गाउँको विकासका लागि स्थानीय तहको निर्वाचनमा माओवादी नेतृत्वलाई विजयी बनाएर मात्रै सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाका संयोजक श्यामबहादुर झाँक्री, उपाध्यक्ष देवीराम सुनारलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन भीम ओलीले गर्नुभएको थियो ।