चैत्र ३१, पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले मोदीगाउँपालिकाको वडा नं. ६, तिलाहारमा २२१ सदस्यीयनिर्वाचन परिचालन समिति गठन गरेको छ ।
बिहीबार दिउँसो तिलाहारमा सम्पन्न भेलाले चित्रबहादुर बस्नेतको संयोजकत्वमा २२१ सदस्यीयनिर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।
परिचालन समितिको सचिवालयमा बलराम नेपाली, दीपेन्द्र नेपाली, नम्रता परियार, किशोर शर्मा, प्रतापपौडेल, चन्द्रबहादुर बि.क., रामबहादुर बि.क., कटकप्रसादशर्मा, प्रेम नेपाली, कृष्ण लामिछाने, रामबहादुर लामिछाने, तेजबहादुर लामिछाने, अमिनखाँ, प्रेम खड्का, राजेन्द्र लामिछाने लगायतरहेका छन् ।
भेलामाबोल्दै माओवादी केन्द्रकामोदीगाउँपालिका कमिटीका अध्यक्षमनबहादुर पौडेलले उज्यालो नेपालको नेतृत्व गरेको माओवादीले जितेर मात्रै देशको प्रगति सम्भवहुने बताए । त्यसै गरी अर्का वक्तागंगातिमिल्सिनाले स्थानीयतहको निर्वाचनभएकाकारण जनताले पार्टीभन्दा सक्षमउम्मेदवार रोज्ने दावीगर्दै विकासको प्रष्ट दृष्टिकोण भएको नेतालाई अघि सार्नुपर्ने बताइन् ।
कार्यक्रममामाओवादी नेताहरु तुलसीगिरी, जयबहादुर अखेलीलगायतकावक्ताहरुले माओवादीले अघि सारेको संघीयताकै कारण गाउँगाउँमा सिंहदरबार स्थापितभएको भन्दै अबजनताले सास्ती खेप्नुपर्ने दिनको अन्त्यभएको बताए ।











