रबिन्द्र यदव
नवलपरासी, ३१ चैत । अपाङ्गको को अधिकार कागजमा मात्र सिमिति भएको सिबिरआर नेटर्वकले जानकारी गराएको छ । आज नवलपरासीमा आयोजित अपाङ्गहरु सम्मबन्धि अन्तरक्रिया कार्यक्रममा सिबिर नेटर्वकले यस्तो जानकारी गराएको हो ।

IMG_20170413_091353महिला तथा बालबालिका कार्यालमा भएको अन्तरक्रिया कार्यक्रममा सिबिआर नेटर्वकका अध्यक्ष बच्चा राजभरले अपाङ्गलाई कागजमा मात्र अधिकार दिएर हुदैन त्यस्को कार्यन्वयन हुुन अति आवश्यक रहेको बताए । शिक्षा, स्वास्थ्य, लगायत अन्य क्षेत्रमा समेत अपाङ्गको अधिकार लाई कागजमा मात्र सिमति गरीएको बताएका हुन् ।

अपाङ्ग मैत्रि बस, जिप र भ्यानमा लेखिएको भए पनि बस्न लाई नपाउने र छुट समेत नपाएको आयोजित कार्यक्रममा नेटर्वक मार्फत जानकारी गराईएको थियो । महिला तथा बालबालिका कार्याल प्रमुख उर्ववरा लुईटेलले अपाङ्ग मैत्रि कार्यालहरु बनाउनु अति जरुरी रहेको बताए। । अपाङ्गहरु जुन पनि कार्यालयमा जाँदा अफ्ठयारो मशुस गरेको लुईटेलले बताएका थिए ।

अपाङ्ग सेवाग्राहीहरुले कुन कार्यालय बाट कस्तो सेवा पाइन्छ भन्ने समेत जानकारी नहुदाँ तिनिहरु विचलीमा परेको बताए । त्यस्तै अपाङ्ग भएका व्यक्तिहरुको लागि महिला तथा बालबालिका कार्यालयले विशेष निगरानि गर्दै सहयोग तथा हातेमालो समेत गरीरहेको महिला तथा बालबालिका कार्यालय प्रमुख लुईटे बताए ।

सिबिआर नेटर्वकका अध्यक्ष बच्चा राजभरको अध्यक्ष्तामा भएको कर्याक्रममा उपस्थित अपाङ्ग तथा सरोकारवाला व्यक्तिहरुले ठुला ठुला दलका नेताहरुले अपाङ्गहरुको लागि कुनै चाँसो नदिएको बताएका छन् ।