दाङ, ३० चैत । सवारी दुर्घटना न्यूनिकरणका लागि घोराहीको काठेकोहलमा कन्भेक्स ऐना राखिएको छ । काठेकोहल विद्यालय नजिकैको घुम्तीमा सवारी दुर्घटनाको अत्यधिक संभावना भएकाले दुर्घटना रोक्न आज वुधवार ऐना राखीएको हो ।

ind (1)समाजसेवी एवं व्यवसायी राजीव गौतमले ऐना स्थापना गरेका हुन् । लामो समयदेखी समाजसेवा गर्दै आएका गौतम जल सेवा एवं प्रभु धुलाई सेन्टरका सञ्चालक गौतमले व्यक्तिगत लगानीमा ऐना खरिद गरी स्थापना गरेका हुन् ।

ind (2)ऐनाको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक नन्दकुमार पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र महासंघका सल्लाहकार सुदिप गौतमले उद्घाटन गरेका थिए ।