गोविन्द खड्का
हापुर, २८ चैत । ठ्याक्कै मिति भुलेपनि थोरै बर्ष मात्रै भयो घोराही उपमहानगरपालिका १२ हापुर बगियाका मिना बिकका खुट्टा बर्षातमा पनि पाक्न छोडेका छन् । घर अगाडिको बाटो सिकाउदै विकले भन्नुभयो, ‘यही गल्लीमा हिड्दा पनि गुका थुच्चा हुन्थे’ उहाले थप्नुभयो, ‘पानी पर्दा हात खुट्टा घिनले पाक्थे ।’
कसैको घरमा शौचालय थिएन । स्थानियका अनुसार अधिकांशले बारीमा दिसा गर्थे । केहिका खाल्टे शौचालय थिए । त्यस बाहेकको दिसा गर्ने थलो सार्वजनिक स्थल र बाटो बनेको थियो । जता पुग्दा पनि सागसिग लाग्ने घिनलाग्दो दिग्मीगे वातावरण थियो । अहिले ढुक्क संग हिड्ने सफा छ ।
चर्पिमा दिसा थुनिए पनि व्यवस्थित भएको भने अहिले पनि छैन । धेरैका शौचालय ढोका खोल्ने वित्तीकै ह्रवास्स गन्हाउछन् । हर्पिकले सफा गरिएको छैन रातो लेउ सिटभरी बसेको छ । चप्पल पनि शौचालय भित्र भेटिएन । ठुलो टंकिसहितको धारा भने विकको घरमा थियो । शौचालयबाट निश्केपछि हातधुनलाई सुविधा युक्त मानिन्थ्यो । त्यसमा सावुन भेटिएन । त्यसले चर्पिको प्रयोग पछि हातधुने बानिमा संका उब्जाउथ्यो । तर पनि वि.क ले भन्नुभयो, ‘कच्ची ट्वाईलेट पहिल्यैदेखि थियो बाहिर दिसा गरेनौ“’, उहाले थप्नुभयो ‘सावुन बच्चाहरुले भित्र लग्या छन् ।’
मिनाले जस्तै बिष्णा गौतमले पनि चर्पी बनाउने अभियान नआउदै कच्चीबाटै काम चलाएको जानकारी दिनुभयोे । गौतमले भनेको पत्याउन सकिने गरी हातधुने टुटिसहितको ड्रमसंग सावुनको व्यवस्था थियो । ढोका खोल्दा शौचालयबाट गन्ध आएन । हातधुने सुविधासंगै बगेर जाने पानी बारीमै उपयोग हुन्थ्यो । त्यसैले पनि गौतमको भनाईमा संका गर्ने ठाउ भेटिएन । बरु घरको वातावरण रहर लाग्दो देखिन्छ । शौचालय कसले सफा गर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा गौतमले अलिकति लजाएर खितिक्क हा“स्दै जवाफ दिनुभयो, ‘श्रीमान (देवमनी गौतम) ले गर्नुहुन्छ’ उहालाई आज त गर्नु भा होईन नि भनेर सोध्दा ‘हा हा हा’ हा“सेर स्विकारर्नुभयो । गौतम नबोले पनि स“धै सफा गर्नुहुन्न भन्ने हासोको संकेतले पुष्टि गर्दथ्यो । उहाले नाक थुनेर हिड्नु पर्ने, बाटो काट्दा दिसा कुचेल्नु पर्ने अबस्था अन्त भएको जानकारी दिनुभयो ।
जहा मन लाग्यो त्यही दिसा नगरेको रमा गौतमको भनाई थियो । रमाले खाल्टेलाई स्तर उन्नती गरेर पक्कि शौचालय निर्माण गर्नुभएको छ । उहाका अनुसार मलद्धारबाट दिसा खसालेपछि आनन्दको सास फेर्ने स्थान शौचालय हो भन्ने बुझाई छैन । खाली दिसा लुकाउने मात्रै ठान्ने गरिएको छ । उहाका अनुसार शौचालय प्रयोग गर्न लागेको विस बर्ष नाघि सकेको छ । बच्चाको दिसा अन्न नखाएको चोखै होला भनेर खुला बगाउने चलन हटेको छैन । झन् खराब हुन्छ भन्ने बुझदैनन् । प्लाष्टिक जन्य फोहर खाल्टोमा गाड्ने र आगोमा जलाउने गरेर नष्ट पारीन्छ ।
पहिलो धेरै भुमिका खेलेका अहिले हामिलाई चटक्कै छोडि भागेका भनेर स्थानियले याद गर्ने शक्तिराम डागिका अनुसार पानीको अभाव सम्बोधन भएपछि गाउमा परिवर्तन भएको हो । खुला दिसामुक्त भएपनि शौचालयमा हाल्ने पानी थिएन । लामो मेहनत र झै झगडा गरेर घर घरै धाराको व्यवस्था भयो । मन्त्रालयमा पटक पटकका फाईल पेश र फेरीई रहने मन्त्रि पिच्छे ज्ञापन पत्र बुझाएर पक्कि कुलोको योजना परेको छ । सिंचाई सुविधाले व्यमौसमी सिमी फलेका छन्, मकैका बोट ठुला भै सकेका छन् । घण्टौ टाढा बाट गाग्रीमा पानी ओसारेर गुजारा चलाएका स्थानिय वासिन्दा घर घरै धारा भएपनि खुशि देखिन्छन् । सरसफाइमा पनि फड्को मारेको छ । अबका दिनमा प्लाष्टिकको एउटा टुक्रो खोजेरै नभेटिने बाटो र सार्वजनिक स्थल बनाउनुे डागिको अठोट छ । घोराही उपमहानगर पालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटालाई गाउमै पु¥याएका डा“गिले बाटोको फोहर टिपेर अभियान थालनी गरे । सापकोटा सहित सबै गाउलेले फोहर टिपे । पुर्ण सफाको अभियान नाम दिए ।
गत विस बर्ष देखि महिला स्वाथ्य स्यंसेविकाको रुपमा सेवा गर्दै आउनु भएका प्रिमा गौतम पच्छिल्लो विकास प्रति खुशी देखिनु हुन्छ । ह“शिलो मुहार बनाउदै गौतमले भन्नुभयो, ‘चर्पि बनाउ भन्दा झगडा गर्नेले आत्म गलानी गरेका छन् सर’ , अभियान पुरा नभएको बताउदै गौतमले थप्नुभयो, ‘पुर्ण सरसफाई चलाउन जरुरी छ ।’ गौतमका अनुसार एक सय तिस घर रहेको गाउमा आधाले शौचालय सफा राखेका छैनन् । घर आगन सफा छैन । लाला बाला जथाभावि पालेका हुन्छन् । जुठ्यान बनाएपनि केहिले सावुन पानीले हात धुदैनन् । शौचालयमा चप्पल राखेका झनै कम छन् । तर पनि आउ“ पर्ने, झाडा पखाला हुने, जण्डिस लाग्नै लगाएतका समस्या समाधान भएका छन् । ‘जिवनजल र एमजिट कहिले काहि जान्छ’ स्ययंसेविका गौमले भन्नुभयो, ‘सरसफाइमा खुला दिसामुक्त पछि र पहिलेको आकाश पातल फरक भएको छ ।’
