काठमाडौं, २१ चैत नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको कांगेस केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेर अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता हरिप्रसाद मैनालीले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
किन कांग्रेसविरुद्ध मुद्दा दर्ता भयो भन्ने जिज्ञासाको जवाफमा अधिवक्ता मैनालीले भने, ‘अदालतले गरेका फैसला निर्णय र आदेश उपर अन्य निकाय र व्यक्तिले सामान्य ढंगले टिकाटिप्पणी गर्ने यस प्रकारका कार्यले अदालतको सामाजिक प्रतिष्ठा घट्ने, अदालतले गरेका फैसलाको औचित्यता र कार्यान्वयनमा समेत समस्या आउने देखिएको हुँदा राज्यको अदालतको सोसियल कन्फिडेन्स ९सामाजिक उत्तरदायित्व० उच्च राख्ने सबैको जिम्मेवारी हो । त्यसलाई कायम राख्नका लागि सर्वोच्च अदालतमा यो निवेदन दिएको हुँ ।’
सर्वोच्च अदालतले आइतबार दिउँसो अधिवक्ता मैनालीले दायर गरेको मुद्दाको पेसी चैत्र २२ गते मंगलबारका लागि तोकेको छ । अन्नपूर्ण पोष्टबाट