काठमाडौं, १८ चैत । स्थायी तहको चुनावका लागि माग गरिएको म्यादी प्रहरीमा माग संख्याभन्दा दोब्बर बढी आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।
जसअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौं उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ । रासस











