तुलसीपुर १७ चैत तुलसीपुर नगर जेसीजले म्युजिकल कन्र्सट गर्ने भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा जेसीजले कार्यक्रम गर्न लागिएको जनाएको छ ।
आज शुक्रवार रिपोटर्स क्लव नेपाल दाङ शाखामा पत्रकार सम्मेलन गरी वैशाख १ गते कार्यक्रम गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलन तुलसीपुर नगर जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा जेसीजका एरिया डी कोर्डिनेटर जिवराज खरेलको प्रमुख आतित्थ्यतामा भएको थियो ।











