तुलसीपुर, १८ चैत्र । आफु प्रहरी भएको भनी सर्बसाधारणबाट रकम उठाउने दुई ब्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही पमहानगरपालिका १३ का २३ बर्षीय खुम बहादुर रेश्मी मगर र सोही ठाउ निबासी २१ बर्षीय किस्मत रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बिशेष प्रहरी टोलीले उनीहरुलाई बिहिबार पक्राउ गरेको हो । उनीहरुको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।











