तुलसीपुर १८ चैत्र । तुलसीपुर नगरबाल सञ्चालले चार स्थानमा सडक नाटक प्रस्तुत गरेको छ । बालबिवहा न्युनिकरण गर्न प्ररेणा मिलोस भनी तुलसीपुरको बिरेन्द्र चोक, प्रसेनी, उरहरी र रक्षाचौरमा सडक नाटक प्रस्तुत गरेको नगर बालसञ्चालका अध्यक्ष कमल नेपालीले बताए । तुलसीपुर उपमहानगरपालिकाको सहयोग र बालसञ्जालको आयोजनामा भिबिन्न स्थानमा नाटक प्रस्तुत गरिएको हो ।
जसमा कलाकारहरु प्रदिव विवस भण्डारी, सिर्जना भण्डारी, कृषणी वोहरा, श्रीधर गौतम, चेतना न्यौपाने, निम वहादुर डागीँ, खिम वि.क थिए । नाटकको लेखन तथा निर्देशन डिल्ली बस्नेत संगीतले गरेका थिए । नाटक मार्फत सानै उमेरमा बिबहा गर्दा हुने बेफाईदाका बारेमा सचेतना दिईएको थियो ।