काठमाडौँ , १७ चैत्र । नेपाल सरकारले विक्रम संवत् २०७४ सालका लागि तोकेको विदा राजपत्रमा प्रकाशित गरेको छ । चैत १५ राजपत्रमा प्रकाशित विदाहरुको सूचीमा ५२ दिन शनिबार विदा परेको छ ।
त्यस्तै पर्वहरुका लागि भनेर १६ दिन विदा तोकिएको छ । महिलाहरुका लागि ३ दिन बिदा रहेको छ भने शिक्षकहरुका लागि १ दिन विदा रहेको छ ।
जात्रा विदा ४ वटा दिइएको छ भने दशैँका लागि ८ दिन तथा तिहारका लागि ३ दिन विदा दिइएको छ । विभिन्न दिवसहरुमा ८ दिन विदा राखिएको छ भने जन्मजयन्ती भनेर ६ वटा विदाहरु











