शशी लुमुम्बू
काठमाडौँ, १५ चैत । भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि मञ्जुललाई सम्मानित र अल्ट्रा धाविका मीरा राईलाई पुरस्कृत गरेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उनीहरूलाई सम्मानित गरेका हुन् । मञ्जुललाई १० हजार नगद, तामपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मीरालाई ३० हजार रुपैयाँ र तामपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष दयाकृष्ण राईले भोजपुरमा जन्मी–हुर्की साहित्य, कला, संस्कृति, खेलकुदलगायत क्षेत्रमा योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्दै आएको बताए ।
सम्मानपछि मञ्जुल भावुक बनेका थिए । गला अवरुद्ध हुँदा उनले सम्बोधनसमेत गर्न सकेनन् । मीराले दौडबाट देशको नाम राख्न सकिने उल्लेख गर्दै पुरस्कार÷सम्मानले हौसला मिल्ने गरेको सुनाइन् ।
प्रमुख अतिथि रसिकले मञ्जुल स्कुलदेखिकै साथी भएको उल्लेख गर्दै उनलाई सम्मान गर्ने सौभाग्य पाएको बताए । उनकै कारण सङ्गीतमा लागेर आफू अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।