संजय कुशवाहा
नवलपरासी, १३ चैत । पुर्वमन्त्री हृदयेश त्रिपाठीले त्रिवेणी गाउपालिकालाई प्रदेश न।५ मा राख्नु पर्ने बताएका छन् । नवलपरासीको पकलिहवामा भएको सर्बपक्षिय सघर्ष अभियान बिरोध सभामा बोल्दै उनले त्रिबेणी गाउपालिका मा रहेको त्रिबेणीसुस्ता, कुडिया,रुपोलिया, नरसहि,पकलिहवा गाविस हरूलाई तत्काल प्रदेश न ४ बाट हटाई प्रदेश न ५ मा राख्नुपर्ने बताए ।

hridayesh-iप्रदेश न ५ को मात्र लडाई नभई पुरै मधेशको लागि लडाई भएको उनले बताय । तत्काल यो प्रदेश न ५ मा नल्याए यहाँका जनता सडकबाट आन्दोलनको आधिबेहरी सृजना गरी मधेशको भुमिलाई आफै कब्जा गर्ने जिकिर चेतावनी दिए ।

नारायणी नदिलाई लक्षित गरि यो खसबादिहरुले विभिन्न नाका खोल्ने बहानामा यो क्षेत्रलाई प्रदेश न ४ मा राखि मधेशिहरु सग ठुलो षड्यन्त्र भएकोउनले बताए ।