डडेल्धुरा, १३ चैत । डडेल्धुराको आलिताल गाउँपालिका–७ चिसापातिका ४२ वर्षका कर्णबहादुर बोहराले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
बोहराले ३८ वर्षकी श्रीमती बेलमतिदेवी बोहराको धारिलो हतियार प्रयोग गरेका थिए । शनिबार दिउँसो ३ बजे तिर बोहराले श्रीमतीको हत्या गरेर आफुले घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । कर्णबहादुरको मानसिक अवस्था ठिक नरहेको स्थानीय बासिन्दाले बताएका छन् । उनका तीन छोरी र एक छोरा रहेका छन् ।