सुवास डिसी
तुलसीपुर, १३चैत । स्थानिय तहको निर्वाचनको तयारी अन्तर्गत नेपाली कांग्रेसले गाउँ जागरण अभियानलाई तिव्रता दिएको छ । अभियान अन्तर्गत जिल्ला देखि गाउ टोलका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाली कांग्रेसले दाङका विभिन्न ठांउमा जागरण अभियान सञ्चालन गरिरहेको छ ।

pic ncअभियान अन्तर्गत नेपाली कांग्रेसले शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेस साविक वडा नम्वर १९ का सभापति वोधिलाल भण्डारीको सभापतित्व, कांग्रेस नेता तथा पुर्व सांसद् गेहेन्द्र गिरीको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस दाङका निवर्तमान सभापति घनश्याम रेग्मी र क्षेत्र नम्वर ४ का सभापति जगतवहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको गाउ जागरण अभियानमा वोल्ने कांग्रेस नेता कार्यकर्ताहरुले कुनै गुट उप गुटको आधारमा भन्दा ईमान्दार र सक्षम व्यक्तिलाई टिकट दिईए विजयी वनाएर देखाउने वताएका थिए ।

आउदै गरेको स्थानियत तहको निर्वाचन कांग्रेसको अस्तीत्व र ईज्जतसंग जोडिएकाले यस निर्वाचनमा निस्वार्थ र ईमान्दार भएर पार्टिका नेता देखि कार्यकर्ताहरु लाग्नुपर्नेमा जोड दिए । कार्यकर्ता भन्दा नेताहरुबाट वढि समस्या देखिएकाले पार्टिका लागी ईमन्दारीता देखाउन कार्यकर्ताहरुले नेताहरुलाई सुझाव समेत दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य डिल्लीवहादुर वस्नेत, महाधिवेशन प्रतिनिधिहरु शंकर गिरी, तेज वहादुर वस्नेत, जोगेन्द्र विश्वकर्मा, कांग्रेस नेता महादेव शाह, कांग्रेस जिल्ला सदस्यहरु तारा कार्की, हरिहर पौडेल, तेक वहादुर वली, पवित्रा धिताल, कांग्रेस युवा नेताहरु टोप वहादुर केसी, श्याम रेग्मी, रेशम वहादुर भण्डारी, कांग्रेस क्षेत्रिय सचिव खिम वहादुर वली, कांग्रेस साविक उरहरी गाविसका पुर्व सभापति विर वहादुर वस्नेत, कांग्रेस युवा नेता घमण्ड मल्ल, तरुण दलका जिल्ला सहसचिव ध्रुव आचार्य, क्षेत्रीय अध्यक्ष रमेश मल्ल, शिक्षक संघका नेताहरु गुरु प्रसाद आचार्य, स्थानेश्वर आचार्य, नेपाल किसान संघ साविक उरहरी गाविसका सभापति तुलाराम डांगी, कांग्रेस क्षेत्रिय प्रतिनिधि देवेन्द्र रिजाल, नेविसंघ क्षेत्रिय अध्यक्ष एकराज खड्का, महिला संघ क्षेत्रिय अध्यक्ष चित्रा गिरी लगायतले पार्टिका आधिकारीक उम्मेदवारलाई विजयी वनाउनका लागी शशक्त भुमिका निर्वाह गर्ने बताएका थिए ।